२६ जेष्ठ २०८२, आईतवार

आन्दोलन उग्र बन्दै गएपछि बरहथवामा फेरि कर्फ्यु

२२ पुस, काठमाडौं । अस्पताल स्तरोन्नतिको विषयमा भएको विवादले उग्ररुप लिएपछि सर्लाहीको बरहथवामा फेरि कर्फ्यु आदेश जारी भएको छ ।

आइतरबार पनि आन्दोलन उग्र भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले फेरि कर्फ्यु आदेश जारी गरेका हुन् ।प्रशासनले आज दिउँसो १२:४५ बजेदेखि भोलि बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेको हो । गएको शुक्रबार प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । यहाँ प्रदर्शनकारीले साहको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

छुटाउनुभयो कि ?