Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

छठ बिदा बढाउन सरकारसँग मधेसी अधिकृत समाजको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ७, २०८२
|
|
४६ पटक हेरिएको
Shares
छठ बिदा बढाउन सरकारसँग मधेसी अधिकृत समाजको माग

सारांश

  • लोकपर्व छठको अवसरमा सरकारले दिँदै आएको एक दिने सार्वजनिक बिदामा पुनर्विचार गर्न मधेसी अधिकृत समाज नेपालले माग गरेको छ।
  • समाजका अध्यक्ष भूदेव झाले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गरेका छन्।
  • चार दिनसम्म कठोर विधि र ३६ घण्टासम्म निर्जल व्रत बसेर मनाइने यो महापर्वका लागि एक दिनको बिदा पर्याप्त नभएको समाजको तर्क छ।

७ कत्तिक जनकपुरधाम ।

लोकपर्व छठको अवसरमा सरकारले दिँदै आएको एक दिने सार्वजनिक बिदामा पुनर्विचार गर्न मधेसी अधिकृत समाज नेपालले माग गरेको छ। समाजका अध्यक्ष भूदेव झाले बिहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई यस विषयमा ध्यान दिन आग्रह गरेका छन्।

चार दिनसम्म कठोर विधि र ३६ घण्टासम्म निर्जल व्रत बसेर मनाइने यो महापर्वका लागि एक दिनको बिदा पर्याप्त नभएको समाजको तर्क छ। सङ्घीय सरकारले मुख्य दिनमा मात्र बिदा दिने प्रचलन राखे पनि समाजले पर्वको सम्पूर्ण अवधिभर बिदा दिनुपर्ने माग गरेको छ। अध्यक्ष झाका अनुसार, चार दिन लामो यो पर्वमा एक दिनको मात्र बिदा दिँदा व्रतालु, विद्यार्थी र कर्मचारीलाई गम्भीर असुविधा भएको छ।

यो पर्व धार्मिक आस्था, कठोर अनुशासन र सामाजिक एकताको प्रतीक भएकाले यसमा बिदा सीमित गर्नु धार्मिक आस्थामा अनादर जस्तै भएको समाजको भनाइ छ। यस निर्णयले सांस्कृतिक समावेशिताको मर्ममाथि प्रश्न उठेकोले बिदाको अवधि बढाउनुपर्ने उनीहरूको माग छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?