Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
१३४ पटक हेरिएको
Shares
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ ।
  • कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयका सानेपामा दिउँसो एक बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
  • केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ ।

३० असोज, काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयका सानेपामा दिउँसो एक बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ । केन्द्रीय समिति बैठकमा हुने छलफलका एजेण्डामा सहमति कायम गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । कार्यसम्पादन समितिको बैठक पनि केन्द्रीय कार्यालयका सानेपामै बस्ने छ ।  जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो ।

आजको बैठक सोही बैठकको निरन्तरता हो । हिजो २९ गते एक दिन विश्राम लिएर आजबाट बैठकलाई निरन्तरता दिन लागिएको कांग्रेस नेताहरुले बताएका छन् । केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ । केन्द्रीय समिति बैठकमा हुने छलफलका एजेण्डामा सहमति कायम गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको हो । कार्यसम्पादन समितिको बैठक पनि केन्द्रीय कार्यालयका सानेपामै बस्ने छ । जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो । आजको बैठक सोही बैठकको निरन्तरता हो । हिजो २९ गते एक दिन विश्राम लिएर आजबाट बैठकलाई निरन्तरता दिन लागिएको कांग्रेस नेताहरुले बताएका छन् । असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका थिए । बैठकलाई सम्बोधन गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए । उनको सम्बोधन लगत्तै बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यि हुन् निजामती विधेयकमा मिल्न बाँकी १० विषय
यि हुन् निजामती विधेयकमा मिल्न बाँकी १० विषय
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने
कस्तो रहनेछ आजको मौसम?
कस्तो रहनेछ आजको मौसम?
सुन्ने मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन् : देउवा
सुन्ने मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन् : देउवा
चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
चितवनमा रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
शिक्षकहरूको आन्दोलनमा घुसपैठ, एक जना पक्राउ
शिक्षकहरूको आन्दोलनमा घुसपैठ, एक जना पक्राउ
आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण
नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण