११ श्रावण २०८२, शनिबार

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

१३ पुस, काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ।

प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार करिब २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो । अस्पतालका अनुसार राउतलाई अस्पताल पुर्याउनुपूर्व नै उनको मृत्यु भइसकेको थियो । त्यस्तै भिड नियन्त्रण गर्न प्रहरीले चलाएको प्रहरीले चलाएको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । घाइते भएका एकजनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

छुटाउनुभयो कि ?