Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
३८ पटक हेरिएको
Shares
देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
  • पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले वर्तमान देउवा नेतृत्वको कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव एजेन्डाका रूपमा राखेका हुन् ।
  • देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी मङ्सिरमा सकिँदैछ ।

२३ असोज, काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले वर्तमान देउवा नेतृत्वको कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव एजेन्डाका रूपमा राखेका हुन् ।

देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी मङ्सिरमा सकिँदैछ । मंसिरभित्र महाधिवेशन गर्ने प्रस्ताव एजेन्डाका रूपमा महामन्त्री थापाले राखेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । ‘सभापतिज्यूलाई बाहिर राखेर वर्तमान कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन गर्ने प्रस्ताव महामन्त्री गगनजीले बैठकमा एजेन्डाका रूपमा राख्नुभएको छ,’ ती पदाधिकारीले भने । तोकेर नभने पनि थापाले कार्यवाहक तोकेर नियमित महाधिवेशनमा जाने प्रस्ताव गरेको ती पदाधिकारीले भने । थापाले अहिले पनि एजेन्डा राखिरहेका छन् ।

कांग्रेसको पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ । जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बुढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए । कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो । त्यो चोटमा १२ टाँका लगाइएको थियो । उनको घाउ पूर्ण रूपमा निको भइनसकेकाले बैठकमा नआएका नेताहरूले बताएका छन् । बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ । बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला पनि सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?