देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२५ पटक हेरिएको
Shares
देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्ने गगनको प्रस्ताव

सारांश

  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
  • पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले वर्तमान देउवा नेतृत्वको कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव एजेन्डाका रूपमा राखेका हुन् ।
  • देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी मङ्सिरमा सकिँदैछ ।

२३ असोज, काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवालाई बाहिर राखेर नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा महामन्त्री थापाले वर्तमान देउवा नेतृत्वको कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव एजेन्डाका रूपमा राखेका हुन् ।

देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी मङ्सिरमा सकिँदैछ । मंसिरभित्र महाधिवेशन गर्ने प्रस्ताव एजेन्डाका रूपमा महामन्त्री थापाले राखेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । ‘सभापतिज्यूलाई बाहिर राखेर वर्तमान कार्यसमितिको म्याद नथपी नियमित महाधिवेशन गर्ने प्रस्ताव महामन्त्री गगनजीले बैठकमा एजेन्डाका रूपमा राख्नुभएको छ,’ ती पदाधिकारीले भने । तोकेर नभने पनि थापाले कार्यवाहक तोकेर नियमित महाधिवेशनमा जाने प्रस्ताव गरेको ती पदाधिकारीले भने । थापाले अहिले पनि एजेन्डा राखिरहेका छन् ।

कांग्रेसको पदाधिकारी बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ । जेनजी आन्दोलनका क्रममा सभापति देउवालाई भदौ २४ गते आन्दोलनकारीले आफ्नै निवास बुढानीलकण्ठमा घरबाट बाहिर निकाली कुटपिट गरेका थिए । कुटपिटबाट देउवाको गर्दनमा गहिरो चोट लागेको थियो । त्यो चोटमा १२ टाँका लगाइएको थियो । उनको घाउ पूर्ण रूपमा निको भइनसकेकाले बैठकमा नआएका नेताहरूले बताएका छन् । बैठकले असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्नेछ । बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला पनि सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य मन्त्रालयलाई थप १३ अर्ब बजेट, कुल सिलिङ ९६ अर्ब पुग्यो
स्वास्थ्य मन्त्रालयलाई थप १३ अर्ब बजेट, कुल सिलिङ ९६ अर्ब पुग्यो
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’
गृह र कानुन मन्त्रालयको जिम्मा ओमप्रकाश अर्याललाई
गृह र कानुन मन्त्रालयको जिम्मा ओमप्रकाश अर्याललाई
प्रचण्डलाई जथाभावी नबाेल्न कांग्रेस सांसद श्रेष्ठको चेतावनी
प्रचण्डलाई जथाभावी नबाेल्न कांग्रेस सांसद श्रेष्ठको चेतावनी
उखु किसानका माग जायज छन्, सरकारले पूरा गर्नुपर्छ : श्रेष्ठ
उखु किसानका माग जायज छन्, सरकारले पूरा गर्नुपर्छ : श्रेष्ठ
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
काठमाडौँ महानगरमा तनाव : प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई हाजिर गराउन रोक, नगर प्रहरी तैनाथ
प्रधानमन्त्री ओली आज मधेश प्रदेशसभामा सम्बोधन गर्दै
प्रधानमन्त्री ओली आज मधेश प्रदेशसभामा सम्बोधन गर्दै
आसिफको अर्धशतकमा नेपालले यूएईलाई दियो १४१ रनको लक्ष्य
आसिफको अर्धशतकमा नेपालले यूएईलाई दियो १४१ रनको लक्ष्य
घुम्न गएका सुदीप बाकसमा फर्किए, कालिकानगरमा शोकाकुल आफन्त
घुम्न गएका सुदीप बाकसमा फर्किए, कालिकानगरमा शोकाकुल आफन्त
आलोकनगरमा चल्यो बालेनको डोजर, भत्काइए अवैध संरचना ( तस्बिरहरू )
आलोकनगरमा चल्यो बालेनको डोजर, भत्काइए अवैध संरचना ( तस्बिरहरू )