निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २१, २०८२
|
|
२७ पटक हेरिएको
Shares
निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग

सारांश

  • निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दैछ ।
  • आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट तय भएको छ ।
  • भेटमा निर्वाचन सुरक्षा लगायतका विषयमा छलफल हुने घिमिरेले जानकारी दिए ।

२१ असोज, काठमाडौं ।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री सुशीला कार्कीसहित सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दैछ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट तय भएको छ । भेटमा निर्वाचन सुरक्षा लगायतका विषयमा छलफल हुने घिमिरेले जानकारी दिए । ‘मतदाता नामावली संकलन, दल दर्ता, निर्वाचन सामग्री व्यवस्थापन लगायतको विषयमा आयोगले आफ्नो तयारीबारे जानकरी गराउँछ ।

त्यसपछि सरकारको र सुरक्षा निकायको तर्फबाट विषयहरू प्रस्तुत हुन्छन्,’ सूचना अधिकारी घिमिरेले  भने । उनका अनुसार एकै चरणमा चुनाव गर्न सकिन्छ कि सकिंदैन भनेर समेत छलफल हुनेछ । निर्वाचन आयोगले सोमबार मात्रै निर्वाचन निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । कार्यतालिका सार्वजनिक भएको भोलिपल्टै आयोगले प्रधानमन्त्री कार्कीसँग छलफल गर्न लागेको हो । निर्वाचन आयोगले गरेको स्वीकृत कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुने र तत्पश्चात् प्रचारप्रसार निषेधको अवधि रहनेछ । फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका संकलन भएपछि मतगणना प्रारम्भ गरिने कार्यक्रम छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पौष १८ र १९ गते बन्दसूची पेश गर्ने कार्यक्रम रहेको छ।

सूचना अधिकारी घिमिरेका अनुसार निर्वाचनमा राजनीतिक दल एवम् सरोकारवालासँगको समन्वय र सहकार्यका लागि स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आयोगले समय समयमा परामर्श तथा छलफल गर्नेछ । कार्यतालिकामा निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय मंसिर १ गतेदेखि १० गतेसम्म रहेको र आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानुनी व्यवस्था छ । निर्वाचनमा भाग लिन चाहने सरोकारवालाले कातिक ३० गते अगावै राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली
पहिलोपल्ट नेकपा एसको कार्यालय पुगे ओली, पत्रकार कोइरालालाई दिए श्रद्धाञ्जली
सूर्यदर्शन ठगी प्रकरण: रवि लामिछाने ६५ लाख धरौटीमा रिहा
सूर्यदर्शन ठगी प्रकरण: रवि लामिछाने ६५ लाख धरौटीमा रिहा
सुनको मूल्य तोलामा चार सयले वृद्धि
सुनको मूल्य तोलामा चार सयले वृद्धि
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने
माइतीघरको जेनजी प्रदर्शनमा युवाहरूको भिड बढ्दै
माइतीघरको जेनजी प्रदर्शनमा युवाहरूको भिड बढ्दै
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
मनोहरा नदीले धार परिवर्तन गर्दा सरेको ११५ रोपनी जग्गा व्यवस्थापन चाँडै
सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन
सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको सम्झनामा स्मृति बाटिकाको उद्घाटन
जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड
जनयुद्धमा महिलाका त्याग र बलिदानले नेपालमा गणतन्त्र सम्भव भएको हो : प्रचण्ड
रौतहटको  माधवनारायण नगरपालिका -४का वडाध्यक्षको  निधन
रौतहटको माधवनारायण नगरपालिका -४का वडाध्यक्षको निधन
रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने
रुपन्देही २ मा राप्रपाले कांग्रेसलाई समर्थन गर्ने