सुनकोशी नदीको भैंसेमा भेटियो बालकको श*व
२० असोज काभ्रेपलाञ्चोक ।
सिन्धुपाल्चोकको सुनकोशीमा एक जना बालकको शव भेटिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका ९ भैंसेमा सुनकोशीको भुमरीमा शव भेटिएको सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकको प्रमुख एसपी अच्युत मजगैयाले जानकारी दिए ।

उनका अनुसार १०–१२ बर्षको जस्तो देखिने बालकको नग्न शव सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीबाट निकालेको जानकारी दिए । बालकको नाम बतन नखुलेको तथा बालकलाई कुन स्थानबाट बगाएर ल्याएको भन्नेबारे नखुलेको र उक्त शव प्रहरीलाई जिम्मा लगाएको सशस्त्र प्रहरी गण सिन्धुपाल्चोकले जनाएको छ ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान




Post Comment