जेनजी आन्दोलनमा प्रहरीलाई ‘आमाबुवाबारे सोच्नुस्’ भन्ने यमबहादुरले गरे आफ्नै आमाको विभत्स ह*त्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
४८ पटक हेरिएको
Shares
जेनजी आन्दोलनमा प्रहरीलाई ‘आमाबुवाबारे सोच्नुस्’ भन्ने यमबहादुरले गरे आफ्नै आमाको विभत्स ह*त्या

सारांश

  • धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ को थापाकटेरी भन्ने ठाउँमा आफ्नै छोराले आमाको विभत्स हत्या गरेका छन् ।
  • हिजो आइतबार (१९ असोज) राति साढे ८ बजेतिर ३० वर्षीय यमबहादुर कँडेलले मादक पदार्थ र लागूऔषध सेवन गरेर ५५ वर्षीया आमा राममायाको हत्या गरेका हुन् ।
  • प्रहरीले दिएको जानकारी अनुसार, यमबहादुरले धारिलो हतियार प्रहार गरेर आमाको हत्या गरेका हुन् ।

२० असोज, काठमाडौं ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ को थापाकटेरी भन्ने ठाउँमा आफ्नै छोराले आमाको विभत्स हत्या गरेका छन् । हिजो आइतबार (१९ असोज) राति साढे ८ बजेतिर ३० वर्षीय यमबहादुर कँडेलले मादक पदार्थ र लागूऔषध सेवन गरेर ५५ वर्षीया आमा राममायाको हत्या गरेका हुन् । प्रहरीले दिएको जानकारी अनुसार, यमबहादुरले धारिलो हतियार प्रहार गरेर आमाको हत्या गरेका हुन् ।

प्रहरी चौकी सल्यानकोटले यमबहादुरलाई गएराति नै नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, यमबहादुर यसअघि पनि पटकपटक विभिन्न मुद्दामा पक्राउ पर्दै आएका व्यक्ति हुन् । उनी गुण्डा नाइके दिनेश अधिकारी ग्याङमा संलग्न भएर काम गर्दै आएको पनि अनुसन्धानका क्रममा खुलेको छ । ‘आपराधिक गिरोह चलाउने दिने अधिकारी चरी समूहमा पनि उनी संलग्न रहेको खुल्न आएको छ,’ प्रहरी स्रोतको भनाइ छ । यसरी घट्यो घटना यमबहादुर काठमाडौं बस्दै आएका थिए । उनी दशैं मनाउन फूलापतिको अघिल्लो दिन मात्रै गाउँ पुगेका थिए । यमबहादुर दुर्व्यसनीमा फसेका व्यक्ति हुन् ।

आइतबार राति ८ बजेतिर उनले गाउँघरतिर पाइने भन्दा फरक खालको हतियार बोकेर घर प्रवेश गरेका थिए । घरमा भान्जाभान्जी, बुवा, आमा र यमबहादुरसहित पाँच जना थिए । उनले सुरुमा भान्जालाइ खुकुरी प्रहारको प्रयास गरे । भान्जा भागेपछि बुवालाई पनि प्रहार गर्न खोजेका थिए । यबमबहादुरका बुवा पनि भागेपछि उनले आमालाई प्रहार गरेका थिए । प्रहरी अधिकारीका अनुसार, आमाको टाउको र शरीर छुट्टिनेगरी उनले विभत्स रुपमा हत्या गरेका थिए । हत्या गरेपछि आँगनमा शव राखेर उनले बुवालाई पनि धम्क्याए । एक स्थानीय जनप्रतिनिधिले भने, ‘हामीहरू प्रहरीसहित पुग्दा उनी हातमा खुकुरी नचाइरहेका थिए । बुवाको काँधमा खुकुरी राखेर आफूले ठिक गरेको भन्दै घटना लुकाउन यमबहादुरले धम्की दिइरहेका थिए ।’

यमबहादुरलाई सुधार गृहमा लानका लागि बुवा गोपबहादुर कँडेल लगायतले उनलाई पटकपटक भन्दै आएका थिए । ‘यसपटक पनि घरमा उसलाई सुधार गृह पठाउने कुरा चलेको रहेछ,’ घटनाका एक प्रत्यक्षदर्शीले भने, ‘यमबहादुरले मानेका रहेनछन् । सायद परिवार नै आफूलाई सुधार गृह पठाउने षड्यन्त्रमा लागेको शंका मानेर उसले हत्या गरेको हुनसक्छ ।’ ‘भान्जाले पुर्‍याए गाउँमा खबर’ खुकुरी प्रहारबाट उम्किएर भागेका यमबहादुरका भान्जाले गाउँमा खबर पुर्‍याएका थिए । उनले खबर लगेपछि स्थानीय जनप्रतिनिधिले प्रहरीमा खबर गरेका थिए । ‘भान्जाले गाउँमा आएर भनेपछि मात्रै हामीले थाहा पायौं,’ एक जनप्रतिनिधिले भने, ‘यसअघि पनि पटकपटक यस्ता गतिविधि देखेका थियौं । हामी एक्लै जान डराएर प्रहरीसहित पुगेर हेर्दा त्यस्तो घटना देख्यौं ।’

प्रहरीसहितको टोली पुग्दा पनि उनी घटनास्थलमै थिए । प्रहरी पुगेपछि पनि उनले ‘अघि बढ्ने भए बुवालाई पनि मारिदिन्छु’ भन्दै धम्की दिएका थिए ।सो क्रममा प्रहरीले उनलाई बल प्रयोग गरेर नियन्त्रणमा लिनपरेको थियो । ‘जेनजी आन्दोलनमा प्रहरीसँगै झोक्किएका थिए’ गत २४ भदौको जेनजी आन्दोलनमा यमबहादुर प्रहरीसँग झोक्किँदै भनाभन गरेका थिए । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रहरीसँग प्रतिवादमा उत्रिएका उनले आफूलाई गोली हान्न समेत चेतावनी दिएका थिए । ‘ठोक्ने भए गोली ठोक्नू । मार्ने भए मार्नू आनन्द त आउँछ । देशको बारेमा सोच्नै परेन । मेरो आत्मा भगवानले लानु हुन्छ । जिउँदो भए त देशको चिन्ता र तपाईँको आत्माले गर्दा सुत्नै सक्दैन,’ उनले प्रहरीलाई भनेका थिए ।

साथै, उनले प्रहरीसँग रिसाउँदै आफ्ना आमाबुवा र देशको बारेमा सोच्न पनि भनेका थिए ।  म वान म्यान आर्मी हो । भारतीय र अमेरिकी पुजीँवाद दलाल र यो देशका दलालसँग एक्लै लड्न सक्ने क्यापिसिटी छ,’ उनले भनेका थिए, ‘त्यसैले तपाँइहरू पनि  बेलैमा जनताका लागि सोच्नुस् । तपाईँहरुको आफ्ना आमाबुवा र देशको बारेमा सोच्नुस् ।’ उनको उक्त भिडियो सञ्जालमा धेरै हेरिएको थियो । तर, उनले गएराति आफूलाई जन्म दिने आमाकै विभत्स हत्या गरेका छन् । विगतका मुद्दा उनीविरुद्ध यसअघि पनि प्रहरीमा विभिन्न मुद्दा चलेको अनुसन्धानका क्रममा देखिएको छ । प्रहरीको सीडीआर रिपोर्टमा हेर्दा, ०६९ सालमा उनीविरुद्ध सार्वजनिक मुद्दा चलेको देखिन्छ । अन्य प्रहरीमा पनि उनीविरुद्ध मुद्दा छन् भन्ने आएको छ । डाटा नभेटिएको हुनसक्छ, काठमाडौंको स्वयम्भू, हनुमानढोकामा पनि छ भनेर बुझ्दैछौं,’ अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । ती प्रहरी अधिकारीका अुनसार, यस्ता खालका विभत्स हत्या भएका घटनाहरू यसअघि कमै भेटिएका छन् । मैले अहिलेसम्म यस्ता खालका घटनाहरू एकदमै कमै देखेको छु । यस्ता बीभत्स घटना कमैमात्र घट्छन्,’ अनुसन्धानमा खटिएका ती प्रहरी अधिकारी भन्छन् । उनलाई अहिले प्रहरीले हिरासतमा राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
कोहलपुर–सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन
कोहलपुर–सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न ऊर्जामन्त्रीको निर्देशन
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृ*त्यु
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
नेम्वाङको निधनमा शोक मनाउन एमालेका सबै कार्यक्रम स्थगित 
नेम्वाङको निधनमा शोक मनाउन एमालेका सबै कार्यक्रम स्थगित 
अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस
अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
राष्ट्रियसभामा पनि गृहमन्त्री लेखकको राजीनामा माग
जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता
जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता
आजको मौसम: कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
आजको मौसम: कोशी र मधेस प्रदेशका केही स्थानमा वर्षाको पूर्वानुमान
रास्वपाले गर्‍यो अर्ली चुनावको माग
रास्वपाले गर्‍यो अर्ली चुनावको माग