२४ माघ २०८२, शुक्रबार

वीरगन्जको गहवमाई मन्दिर छेउमा एक व्यक्ति मृ*त फेला

१९ असोज, वीरगन्ज ।

 वीरगन्जको गहवामाई मन्दिर छेउको सडकपेटीमा आइतबार एकजना वृद्ध पुरुष मृत फेला परेका छन्।  मन्दिरमा वर्षौदेखि भीख मागेर बस्दै आएका वीरगन्ज महानगरपालिका-१६ नगवाका अन्दाजी ६५ वर्षका हरिहर प्रसाद सोनार मृत फेला परेका हुन्।

उनको मृत्युको कारण यकिन हुन सकेको छैन। तर शवको प्रकृति हेर्दा अविरल वर्षाका कारण रुझेर बिरामी परेका उनको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ। शव पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको र रिपोर्ट आएपछि मृत्युको यकिन कारण खुल्ने वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारीले दिए।

Post Comment

छुटाउनुभयो कि ?