विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन १५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
विदेशमा रहेका नेपालीलाई पुनर्निर्माण कोषमा सहयोग गर्न अनुरोध

सारांश

  • नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध गरिएको छ।
  • विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले विदेशमा रहेका नेपालीलाई कोषमा सहयोग गर्नु अनुरोध गरेका हुन्।
  • २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकी लगायतका सरकारी संरचनामा आगजनी तथा तोडफोड गरिएको थियो।

१५ असोज, काठमाडौं।

नेपालको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न विदेशमा रहेका नेपालीहरूलाई अनुरोध गरिएको छ। विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरूले विदेशमा रहेका नेपालीलाई कोषमा सहयोग गर्नु अनुरोध गरेका हुन्। २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत, प्रहरी चौकी लगायतका सरकारी संरचनामा आगजनी तथा तोडफोड गरिएको थियो। धेरै सरकारी कार्यालयहरू जलेर पुर्णरूपमा ध्वस्त बनेका छन्। भौतिक पूर्वाधारमा पुगेको क्षतिको पुनर्निर्माण गर्न ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गरेको थियो। सोही अनुसार पुनर्निर्माणका लागि सरकारले पुनर्निर्माण कोष खडा गरेको थियो।

अर्थ मन्त्रालयले भौतिक क्षतिको पुनर्निर्माण गर्न उक्त कोषमा सहयोग गर्न स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई अनुरोध गरिएको थियो। सोही अनुसार विदेशस्थित नेपाली नियोग तथा दूतावासहरूले कोषमा सहयोग गर्न नेपालीहरूलाई अनुरोध गरेका हुन्। कतारस्थित नेपाली राजदूतावासले एक सुचना जारी गर्दै कोषमा सहयोग गर्न अनुरोध गरेको छ। जेनजी आन्दोलनका क्रममा देशका अधिकांश स्थानहरूमा क्षति पुगेका र भौतिक पूर्वाधारहरूको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि सरकारले कोष स्थापना गरेको भन्दै त्यसमा सहयोग गर्न अनुरोध गरेको हो। कतार तथा इरानमा रहेका नेपाली तथा गैर आवासीय नेपालीलाई आफ्नो तर्फबाट अमूल्य योगदान गरी राष्ट्र पुनर्निर्माणको महान अभियानमा सहभागी हुन अनुरोध गरेको हो। त्यस्तै कुवेतस्थित नेपाली राजदूतावासले समेत सामाजिक संजाल फेसबुकमार्फत कोषमा सहयोग गर्न अनुरोध गरेको छ।

नेपाली राजदूतावास इजरायलले समेत कोषमा सहयोग गर्न अनुरोध गरेको छ। दूतावासले इजरायल र साइप्रसमा रहेका नेपालीहरूलाई सहयोग गर्न अनुरोध गरेको हो। आफ्नो तर्फबाट सहयोग गरि राष्ट्रको पुनर्निर्माणको महाअभियानमा सहभागी हुन दुतावासको अनुरोध छ। विदेशमा रहेका नेपालीहरूले समेत कोषमा सहयोगार्थ विभिन्न कार्यक्रमको आयोजना गर्न थालेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मातृभूमि प्रतिको दायित्व र कर्तव्य भएको बताउँदै कोषमा सहयोग गर्न अनुरोध गरेको छ। अध्यक्ष महेशकुमार श्रेष्ठले एक सूचना जारी गर्दै भूकम्प, बाढी र अन्य संकटका बेला एनआरएनले सहयोग गर्दै आएको जनाउँदै देशलाई संकट परेको बेला सहयोग गर्न अनुरोध गरेका हुन्। एनआरएनए नेपाल पुनर्निर्माण अभियान’ मार्फत राष्ट्र पुनर्निर्माण, प्रशासनिक सेवा पुनर्स्थापना र सुरक्षा सुनिश्चित गर्नका लागि योगदान गर्न अनुरोध गरिएको हो। हरेक देशमा रहेका एनआरएन समुदायलाई सहयोग गरी यस मिसनलाई सफल बनाउन समेत अनुरोध गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस
स्वास्थ्यमन्त्रीमा डा. संगीता मिश्रा सिफारिस
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
यी २५ निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालोसूचीमा (नामावली)
प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
प्रतिनिधिसभा बैठक : शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
सरकार र बालेनको लडाईँ : काठमाडौं टावर नै भत्काउने महानगरपालिकाको तयारी
सरकार र बालेनको लडाईँ : काठमाडौं टावर नै भत्काउने महानगरपालिकाको तयारी
केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने
केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, सामाजिक संजालको दुरुपयोगमा निगरानी बढाइने
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
सार्वजनिक सवारी साधनमा आजदेखि ‘रुट परमिट’ खुला
अर्नाको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु
अर्नाको आक्रमणबाट सप्तरीमा किसानको मृत्यु
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य