फाइनल जितेर पनि भारत ट्रफीबिहीन, पाकिस्तानले उठायो प्रश्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १३, २०८२
|
|
४५ पटक हेरिएको
Shares
फाइनल जितेर पनि भारत ट्रफीबिहीन, पाकिस्तानले उठायो प्रश्न

सारांश

  • एसिया कप २०२५ को फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै उपाधि हात पारेको छ।
  • जितेपछि दुई देशका खेलाडीबिच आरोप–प्रत्यारोप चर्किएको छ।
  • पाकिस्तानका कप्तान सलमान अघाले भारतको व्यवहारलाई ‘क्रिकेटप्रतिको अनादर’ भनेका छन् भने भारतीय कप्तान सूर्यकुमार यादवले च्याम्पियन टोलीलाई ‘ट्रफीबाट वञ्चित’ गरिएको आरोप लगाएका छन्।

१३ असोज, काठमाडौं ।

एसिया कप २०२५ को फाइनलमा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै उपाधि हात पारेको छ। जितेपछि दुई देशका खेलाडीबिच आरोप–प्रत्यारोप चर्किएको छ। पाकिस्तानका कप्तान सलमान अघाले भारतको व्यवहारलाई ‘क्रिकेटप्रतिको अनादर’ भनेका छन् भने भारतीय कप्तान सूर्यकुमार यादवले च्याम्पियन टोलीलाई ‘ट्रफीबाट वञ्चित’ गरिएको आरोप लगाएका छन्। दुबईमा भएको उपाधि निर्णायक खेलपछि तेस्रो खेलमा जस्तै दुवै टोलीले हात मिलाउन अस्वीकार गरे। भारतीय टोलीले पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष तथा एसिसीका प्रमुख मोहसिन नकवीबाट ट्रफी लिन नमानेपछि र विजय समारोहमा सहभागी नभएपछि विवाद थप चर्कियो।

पत्रकारहरूसँग कुरा गर्दै कप्तान सूर्यकुमारले भने, ‘मैले क्रिकेट खेल्न थालेदेखि आजसम्म कहिल्यै देखेको थिइनँ कि च्याम्पियन टोलीलाई ट्रफी दिनै नमानिएको होस्। हामीले मैदानमै बसेर सामूहिक निर्णय गरेका थियौँ। वास्तविक ट्रफी त मेरा खेलाडी र सहयोगी स्टाफ हुन्, जुन ड्रेसिङ रुममै छन्। ठुलो पर्दामा ‘भारत एसिया कप २०२५ को विजेता’ भनेर देखिनु नै हाम्रो लागि ठुलो गौरव हो।’ समारोह करिब एक घण्टा ढिलाइ गर्दै आयोजना गरिएको थियो। सो अवसरमा उद्घोषक साइमन डुलले सार्वजनिक रूपमा भने, ‘भारतीय टोलीले पुरस्कार ग्रहण नगर्ने निर्णय गरेको एसीसीले मलाई जानकारी गराएको छ। यसैसँगै आजको प्रस्तुति समारोह समाप्त हुन्छ।’

यसप्रति पाकिस्तानका कप्तान अघाले भने, ‘प्रतियोगिताभर भारतले जे व्यवहार देखायो, त्यो क्रिकेटका लागि निकै निराशाजनक हो। यदि उनीहरूले हामीसँग हात नमिलाएर हाम्रो अनादर गरेको सोच्दा हुन् भने, वास्तवमा उनीहरूले खेलकै अनादर गरेका हुन्। हामीले भने खेल ‘स्पिरिट’ अनुसार पदक लिएर फर्कियौँ।’ यो संस्करणको एसिया कप विशेष संवेदनशील मानिएको थियो। प्रतियोगिता अघि मात्र आणविक–सशस्त्र दुवै छिमेकीबिच सीमा क्षेत्रमा घातक झडप भएको थियो। त्यसमाथि खेलमै आक्रामक शैली र राजनीतिक संकेत देखिँदा तनाव बढेको थियो। अन्त्यमा अघाले भने, ‘यो पहिलो पटक देखिएको घटना हो। यदि यसरी नै चलिरह्यो भने भविष्यमा कहाँ पुग्छ भन्ने अनुमान गर्नै सकिँदैन। यो क्रिकेटका लागि राम्रो होइन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ
गण्डकीका प्रदेश सभा सदस्य दीपक मनाङे पक्राउ
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ
आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे
बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने
किन आउँदैछन् भारतका प्रधानसेनापति धीरज सेठ नेपाल ?
किन आउँदैछन् भारतका प्रधानसेनापति धीरज सेठ नेपाल ?
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
सरकार सञ्चालनमा समस्या छैन : गृहमन्त्री लेखक
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता
रास्वपाको समानुपातिक सूचीवाट डा. राजमी रामले लिए उम्मेदवारी फिर्ता
छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द
छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द