सुनसरीबाट ६ सय ३७ किलो गाँजा बरामद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
४० पटक हेरिएको
Shares
सुनसरीबाट ६ सय ३७ किलो गाँजा बरामद

सारांश

  • सुनसरीको कोसी गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ।
  • कोसी गाउँपालिका ७ मा बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले फेला पारेको हो।
  • चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा गए राती २ बजेको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोसी गाउँपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

१२ असोज, सुनसरी ।

सुनसरीको कोसी गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ। कोसी गाउँपालिका ७ मा बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले फेला पारेको हो। चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा गए राती २ बजेको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोसी गाउँपालिका–७ स्थित पूर्व पश्चिम राजमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

करिब ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गाँजा बरामद भए सँगै ओसार पसारमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको छ।  यसै गरी उदयपुरको अस्थायी प्रहरी पोस्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा सिराहा लहान नगरपालिका–१७ की लीला देवी रामलाई ६ किलो ८४६ ग्राम र लहान– ८ की अस्मिता रामलाई ५ किलो ६ ग्राम  गाँजा सहित नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था
नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
नक्कली नोटसहित एक भारतीय पक्राउ
नक्कली नोटसहित एक भारतीय पक्राउ
बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन
बेइजिङमा नेपालको पर्यटन प्रवर्द्धन
तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ
तीन मन्त्रीको टुंगो लाग्यो, भोलि शपथ
स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता, सरकारबीच १९ बुँदै सहमति
स्थानीय तहका कर्मचारीको आन्दोलन फिर्ता, सरकारबीच १९ बुँदै सहमति
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति
वीरगन्जमा हैजा संक्रमण नियन्त्रण गर्न दुई मन्त्रीले गरे सहमति
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो
ओली र लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान थालियो