गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ : योगेश भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ९, २०८२
|
|
५७ पटक हेरिएको
Shares
गल्ती र कमजोरीबाट सिकेर पार्टी पुनर्गठन गर्नेछौँ : योगेश भट्टराई

सारांश

  • नेकपा एमालेका महासचिव योगेश भट्टराईले गल्ती र कमजोरीबाट सिक्दै पार्टी र आन्दोलनलाई पुनर्गठन गर्ने बताएका छन् ।
  • बिहीबार एक अपिल सार्वजनिक गर्दै भट्टराईले पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे भनेका छन्– ‘गल्ती र कमजोरीहरूबाट हामी सिक्नेछौँ ।
  • र पार्टी र आन्दोलनलाई पुनर्गठन गर्नेछौँ ।

९ असोज, काठमाडौँ ।

नेकपा एमालेका महासचिव योगेश भट्टराईले गल्ती र कमजोरीबाट सिक्दै पार्टी र आन्दोलनलाई पुनर्गठन गर्ने बताएका छन् । बिहीबार एक अपिल सार्वजनिक गर्दै भट्टराईले पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे भनेका छन्– ‘गल्ती र कमजोरीहरूबाट हामी सिक्नेछौँ । र पार्टी र आन्दोलनलाई पुनर्गठन गर्नेछौँ ।’ भट्टराईले मार्क्सले भनेजस्तै ‘इतिहासमा कुनै पनि अवस्था स्थायी नहुने निराशाको गर्भमै परिवर्तनको सम्भावना लुकेको हुने पनि बताएका छन् ।

‘यो निराशा र सङ्कटको अवस्था स्थायी होइन । इतिहासमा हामीले ठुलठुला सङ्कट र आँधीबेहरी पार गरेरै यहाँसम्म आएका हौँ’, भट्टराईले भनेका छन्, ‘तर इतिहासका हरेक सङ्कटका हरेक घुम्ती र मोडहरूमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन गर्नु जरुरी छ । त्यही स्वीकारोक्ति सहितको अभियानको लागि अपिल समेत गर्दछु ।’ उनले आत्मभर्त्सना बन्द गर्न र आत्मसमिक्षा गर्न पनि नेताहरूलाई आह्वान गरेका छन् ।

भट्टराईले एमालेमा पनि पुनर्गठनबारे प्रश्नहरू उठिरहेको भन्दै ग्राम्सीले भने जस्तै नेकपा (एमाले)लाई र कम्युनिस्ट आन्दोलनलाई नयाँ चेतनाले पुनर्गठन गर्नुपर्ने बताएका छन् । तर पार्टी र आन्दोलनको पुनर्गठन गरिरहँदा इतिहासको बेवास्ता र अपमान कदापि गर्नु नहुने बताएका छन् । ‘पार्टीका नेताहरू जो आज नेतृत्वमा हुनुहुन्छ, लामो समय तपाईं–हामी पनि उहाँहरूसँगै थियौँ । यो जस–अपजसको भागीदार हामी पनि हौँ’, भट्टराईको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्
बालेनलाई दुर्गा प्रसाईंको चुनौती– सुकुमवासी बस्ती घिनलाग्दो छ भने राम्रो घर बनाइदिनुस्
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
स्वास्थ्य बिमा बोर्डमा जम्मा रकम एक अर्ब, तिर्न बाँकी १६ अर्ब ४५ करोड
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
रवि लामिछानेलाई आजै पोखरा लगिने
रवि लामिछानेलाई आजै पोखरा लगिने
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त
धनुषाको क्षिरेश्वरस्थित वाटरल्यान्ड पार्कमा झडप, स्थिति तनावग्रस्त
आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत
बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल
अस्पतालबाट डिस्चार्ज भए लेबनानमा आक्रमणमा परेका उपरथी ढकाल