हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को: दुर्गा प्रसाईँ
७ असोज, काठमाडौँ ।
दुर्गा प्रसाईँले वर्तमान राजनीतिक अवस्था र आफ्नो अभियानका विषयमा पत्रकार सम्मेलन गरेका छन्। मङ्गलबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईँले आफूहरूले देशमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको दाबी गरेका हुन्। उनले भने, ‘यो देशमा प्रतिपक्ष नै थिएन। त्यतिबेला हामीले प्रतिपक्षको भूमिका निभाएका थियौँ। यो अन्तरिम सरकारमा पनि प्रतिपक्षकै भूमिका निर्वाह गर्छौँ। हामी खबरदारी गर्छौँ।’

प्रसाईँले आफूहरूको अभियानको मूल उद्देश्य व्यवस्था र संविधानमा सुधार ल्याउने रहेको उल्लेख गरे। तर आफूहरूले उद्देश्य एक भएपनि जेनजी आन्दोलनबाट अर्कै भइदिएको बताए। उनले भने,’हामीले खोजेको चिज एउटा थियो, भइदियो अर्को। व्यवस्था परिवर्तन, संविधान परिवर्तन हुनुपर्थ्यो। त्यो भएन।’ उनले यो व्यवस्थाले सबै नेपालीलाई विदेश जान बाध्य बनाएको समेत जिकिर गरे। यही पीडा बोक्दै आफूहरूले विगतमा पूर्वराजाको हातबाट परेवा उडाएर अभियान सुरु गरेको दाबी गरे।




Post Comment