पूर्णरुपमा सञ्चालनमा आए बैंकहरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २९, २०८२
|
|
३७ पटक हेरिएको
Shares
पूर्णरुपमा सञ्चालनमा आए बैंकहरु

सारांश

  •   मुलुकभरका बैंक तथा वित्तीय संस्था पूर्णरुपमा सञ्चालनमा आएका छन् ।
  • जेनी आन्दोलनका कारण प्रभावित भएको बैंकिङ सेवा आइतबारदेखि सुचारु भएको हो ।
  • नेपाल बैंकर्स संघले बैंकहरुले आइतबारदेखि सबै कार्यालय सञ्चालनमा आएको जनाएको छ ।

२९ भदौ, काठमाडौं । 

मुलुकभरका बैंक तथा वित्तीय संस्था पूर्णरुपमा सञ्चालनमा आएका छन् । जेनी आन्दोलनका कारण प्रभावित भएको बैंकिङ सेवा आइतबारदेखि सुचारु भएको हो । नेपाल बैंकर्स संघले बैंकहरुले आइतबारदेखि सबै कार्यालय सञ्चालनमा आएको जनाएको छ । आन्दोलनबाट क्षति पुगेका बैंकहरुका शाखा कार्यालय र एटिएमहरू पनि चाँडै सञ्चालन गर्ने तयारी थालिएको संघले जनाएको छ ।

शुक्रबारसम्म बैंकहरु आंशिकरुपमा मात्रै सञ्चालन गरिएको थियो ।यसैबीच नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बैंकर, निजी क्षेत्रका व्यवसायी र उद्योगीसँग छलफल गरेका छन् । उनले बैंक तथा वित्तीय संस्थासम्बद्ध एसोसिएसनका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिसँग पछिल्लो घटनाक्रमका कारण परेको असरबारे छुट्टाछुट्टै छलफल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?