माओवादीको तराई-मधेश केन्द्रित अभियानको कार्यक्रम तालिका हेरफेर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन २२, २०८१
|
|
३० पटक हेरिएको
Shares
माओवादीको तराई-मधेश केन्द्रित अभियानको कार्यक्रम तालिका हेरफेर

सारांश

  • नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’ को समय तालिका हेरफेर भएको छ ।
  • पार्टीका जनसंगठनके भेलालगायतका कार्यक्रम परेकाले अभियानको समय तालिकामा केही हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ ।
  • नयाँ कार्यक्रम तालिका अनुसार अभियानको तयारी गर्न भन्दै माओवादीले मातहतका पार्टी संगठनलाई सर्कुलर पठाएको छ ।

२२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’ को समय तालिका हेरफेर भएको छ । पार्टीका जनसंगठनके भेलालगायतका कार्यक्रम परेकाले अभियानको समय तालिकामा केही हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ ।

नयाँ कार्यक्रम तालिका अनुसार अभियानको तयारी गर्न भन्दै माओवादीले मातहतका पार्टी संगठनलाई सर्कुलर पठाएको छ । नयाँ समय तालिका अनुसार आज बिहीबार महोत्तरी, २३ गते सर्लाही, २४ गते रौतहट, २५ गते बारा र २६ गते पर्सामा कार्यक्रम हुनेछ । यस्तै बागमती प्रदेशअन्तर्गत चितवनमा २७ गते कार्यक्रम आयोजना गरिएको छ । यसबीचमै २८ गते अध्यक्ष प्रचण्डसहितका बुटवलमा मगर मोर्चाको उद्घाटनमा सहभागी हुनेछन् ।

चैत २ गते नवलपुर (नवलपरासी पूर्व), ३ गते परासी (नवलपरासी पश्चिम) मा कार्यक्रम हुनेछ ।चैत ४ गते रुपन्देही, ५ गते कपिलवस्तु, ६ गते दाङ, ७ गते बाँके र ८ गते बर्दियामा कार्यक्रम राखिएको छ । यसबीचमै ९ गते जनकपुरमा समाजवादी मोर्चाको जनसभामा नेताहरु सहभागी हुनेछन् ।

अभियान अन्तर्गत सुदूरपश्चिममा चैत ११ र १२ गते कार्यक्रम आयोजना हुनेछ । ११ गते कैलाली र १२ गते कञ्चनपुरमा कार्यक्रम गरेर अभियान सकिने माओवादीले जनाएको छ । यसअघि माओवादीले जनतातिर फर्किने भन्दै यही फागुन ५ र १७ गते कार्यक्रम तालिका सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 
पाथीभरामा एक वर्षमा चार करोड ८२ लाख बढी भेटी संकलन 
पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण
पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
आजको मौसम: मुलुकभर तापक्रम घट्ने क्रम जारी
आजको मौसम: मुलुकभर तापक्रम घट्ने क्रम जारी
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
सक्षम र सफल महिलाहरुले आफ्नो नेतृत्व क्षमता बढाउन जरुरी छ : महान्यायाधिवक्ता भण्डारी
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको प्रश्न: बिना कुनै आधार तँ भ्रष्टाचारी भन्न मिल्छ?
प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौंः मन्त्री सिंह
प्रचारबाजीको लागि मात्र होइन,जनताले महशुस गर्नेगरी काम गरौंः मन्त्री सिंह
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
स्वास्थ्य केन्द्र माग्दै शुक्लागण्डकीका मेयरको कार्यकक्षमा ताला
स्वास्थ्य केन्द्र माग्दै शुक्लागण्डकीका मेयरको कार्यकक्षमा ताला
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ
विराटनगरमा प्रहरीको नाममा अपहरण र लुटपाट, वाईसीएल कार्यकर्तासहित ३ जना पक्राउ