चितवनमा हटाइयो कर्फ्यू र निषेधाज्ञा
२८ भदौ, चितवन ।
चितवनमा २६ गतेदेखि लगाइएको कर्फ्यू तथा निषोधाज्ञा हटाइएको छ । जिल्ला सुरक्षा समितिले निर्णय गरेर आज बिहान ७ बजेदेखि लागू हुनेगरि कर्फ्यू तथा निषेधाज्ञा हटाइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।

यहाँ जेन-जी आन्दोलन पछि बिग्रिएको सुरक्षा अवस्थालाई हेरेर २६ गतेदेखि दिउँसोको समयमा निषेधाज्ञा र राति कर्फ्यू लगाउँदै आइएको थियो । प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्लाको शान्ति सुरक्षामा सहयोग गर्न पनि सरोकारवालासँग अनुरोध गरेका छन् ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment