जनकपुरमा बनाइयो ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर ३०, २०८०
|
|
३१ पटक हेरिएको
Shares
जनकपुरमा बनाइयो ११ हजार वर्गफिटको सीता–राम स्वयंवर प्रतिमा

सारांश

  • सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ ।
  • विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व कीर्तिमानका लागि ८५ क्वीन्टल अन्नबाट रंगभूमि मैदान बाह्रविघामा प्रतिमा निर्माण गरिएको हो ।
  • विश्व कीर्तिमान कायम गरी जनकपुरको पर्यटन प्रवर्द्धनका लागि सीता–राम स्वयंवर प्रतिमा निर्माण गरिएको जनकपुर उद्योगा वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहले बताए ।

३० मंसिर, जनकपुरधाम । सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ ।

विवाहपञ्चमीलाई विश्वमा चिनाउन र विश्व कीर्तिमानका लागि ८५ क्वीन्टल अन्नबाट रंगभूमि मैदान बाह्रविघामा प्रतिमा निर्माण गरिएको हो । विश्व कीर्तिमान कायम गरी जनकपुरको पर्यटन प्रवर्द्धनका लागि सीता–राम स्वयंवर प्रतिमा निर्माण गरिएको जनकपुर उद्योगा वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहले बताए । उक्त प्रतिमाको उत्तर छेउमा रामका गुरु विश्वामित्र र दक्षिण छेउमा जानकीका बुबा जनकको प्रतिमा निर्माण गरिएको छ । प्रतिमामा रंग अनुसारकै अन्नको प्रयोग गरिएको छ । चामल, गहुँ, सोयाबिन, बदाम, उरिद दाल, चना दाल, रहर दाल, मुसुरो दाल, मकै, बदामी, मुंग दालको प्रयोग गरी प्रतिमा निर्माण गरिएको छ । प्रतिमा निर्माणमा १० लाख रुपैयाँको अन्न र अन्य व्यवस्थापन गरी २० लाख रुपैयाँ भन्दा बढी खर्च भएको जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष साहले बताए ।

यो अन्नको प्रतिमा विश्वमै सबभन्दा ठूलो भएको दावी गरिएको छ । यसअघि भारतको अयोध्यामा बनेको १० हजार ८०० वर्गफिटको मूर्तिले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएको छ । भारतको उत्तरप्रदेशका कलाकार सतीश गुर्जरको नेतृत्वमा ८ जना र जनकपुरका ४ गरी १२ जना कालीगढले सात दिन लगाएर उक्त प्रतिमा बनाएका हुन् । यसको लागि जनकपुर उद्योग वाणिज्य संघ र जनकपुरधाम उपमहानगरपालिकाले चन्दा संकलन गरेका थिए । विवाहपञ्चमी सकिएपछि अन्न असहाय, विपन्न, अनाथ आश्रम, मनाव सेवा आश्रममा वितरण गरिने प्रतिमा निर्माण समितिका अध्यक्षसमेत रहेका जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले बताए । सप्ताहव्यापी विवाहपञ्चमीको शनिबार पाचौं दिन राम र जानकीको मटकोर मनाइँदै छ । आइतबार जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्वसको मुख्य दिन स्वयंवर र विवाह रहेको छ । विवाह पञ्चमीका लागि नेपाल र भारतबाट भक्तजनहरु जनकपुर आइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन : माधव सापकोटा
निरकुंश शैलीमा संसद् चलाउने तरिका ठीक भएन : माधव सापकोटा
सिरियामा इजरायली आक्रमण, १४ जनाको मृत्यु
सिरियामा इजरायली आक्रमण, १४ जनाको मृत्यु
६० किलो सुन प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान
६० किलो सुन प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?
इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी
इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी
आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : महामन्त्री थापा
आम चुनावअघि नै कांग्रेसको महाधिवेशन हुन्छ : महामन्त्री थापा
काठमाडौं अदालतमा रवि लामिछानेको बयान
काठमाडौं अदालतमा रवि लामिछानेको बयान
ग्यास उद्योगीको आन्दोलन स्थगन
ग्यास उद्योगीको आन्दोलन स्थगन
आपराधिक विश्वासघातको मुद्दा खेपेका ५ जना इस्कोनबाट निष्कासित
आपराधिक विश्वासघातको मुद्दा खेपेका ५ जना इस्कोनबाट निष्कासित
पौने ७ करोड क्रिप्टो कारोबारको आरोपमा २२ वर्षीय युवक पक्राउ
पौने ७ करोड क्रिप्टो कारोबारको आरोपमा २२ वर्षीय युवक पक्राउ