२५ भाद्र २०८२, बुधबार

प्रचण्डकी छोरी गंगाको घरमा फेला परेको श*वको सनाखत

२५ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको घरमा भेटिएको शवको पहिचान खुलेको छ। ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगाको घरबाट मंगलबार जलेको अवस्थामा शव भेटिएको हो। ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले स्थानीय २५ वर्षीय सुरज खत्री भन्ने व्यक्तिको शव रहेको जानकारी दिएका छन्।

‘घरभित्र जलेको अवस्थामा एक जना पुरुषको शव भेटिएको छ,’ अधिकारीले भने,‘सुनाकोठीकै २५ वर्षीय सुरज खत्रीको रुपमा शवको पहिचान भएको हो।’ उनले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताए। शव आगजनी गर्ने व्यक्तिमध्येकै हुन सक्ने अनुमान गरिए पनि अहिले नै पुष्टि गर्ने अवस्था नरहेको उनको भनाइ छ। जेनजी प्रदर्शनका क्रममा युवाहरूले मंगलबार गंगाको घरमा आगजनी गरेका थिए। आगजानीका कारण घर जलेर पूर्ण रूपमा नष्ट भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment