युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो आक्रमण, पहिलोपल्ट सरकारी भवनमा प्रहार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
४२ पटक हेरिएको
Shares
युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो आक्रमण, पहिलोपल्ट सरकारी भवनमा प्रहार

सारांश

  • रुसले आइतबार बिहान युक्रेनमाथि युद्ध सुरु भएदेखिकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ ।
  • यस क्रममा ८ सयभन्दा बढी ड्रोन प्रयोग गर्दै पहिलोपल्ट कीभको एक सरकारी भवनमा प्रहार गरेको सीएनएनले लेखेको छ ।
  •   आवासीय भवनहरूमा भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ, जसमा एक शिशु पनि छन् ।

२२ भदौ, काठमाडौं ।

रुसले आइतबार बिहान युक्रेनमाथि युद्ध सुरु भएदेखिकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । यस क्रममा ८ सयभन्दा बढी ड्रोन प्रयोग गर्दै पहिलोपल्ट कीभको एक सरकारी भवनमा प्रहार गरेको सीएनएनले लेखेको छ ।  आवासीय भवनहरूमा भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ, जसमा एक शिशु पनि छन् । राजधानी कीभ ११ घण्टासम्म हवाई आक्रमणको साइरनमुनि रह्यो ।

युक्रेनी वायु सेनाले जनाएअनुसार, रुसले कुल ८ सय १० ड्रोन, ४ वटा ब्यालिस्टिक मिसाइल र ९ वटा क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । तीमध्ये अधिकांशलाई हवाई प्रतिरक्षा प्रणालीले खसाल्न सफल भए पनि ५४ ड्रोन र ९ मिसाइल भने युक्रेनका विभिन्न लक्ष्यमा सफल भएका छन् ।  यो आक्रमण यसअघि सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण शुरु गरेपछि भएको सबैभन्दा ठूलो मानिएको छ । युक्रेनका पश्चिमी सहयोगीहरूले शान्ति सम्झौता गराउन हालै गरेका प्रयासहरूको केही दिनमै भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा
ओलीजीका कारण गभर्नर नियुक्ति ढिला भएको होइन : देउवा
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
वीरेन्द्र सभागृहमा कोशी प्रदेशसभा सञ्चालन गर्न महानगर र प्रदेशसभा सचिवालयबीच सम्झौता
राँगाले हान्दा एक जनाको मृत्यु
राँगाले हान्दा एक जनाको मृत्यु
रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन
रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन
सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु
सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु
महिला टी–२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो
महिला टी–२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो
काठमाडौंसहित यी जिल्लामा आज बाढीको जोखिम
काठमाडौंसहित यी जिल्लामा आज बाढीको जोखिम
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
सुकुम्वासी बस्ती हटाएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
सुकुम्वासी बस्ती हटाएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ