युक्रेनमाथि रुसको अहिलेसम्मकै ठूलो आक्रमण, पहिलोपल्ट सरकारी भवनमा प्रहार
२२ भदौ, काठमाडौं ।
रुसले आइतबार बिहान युक्रेनमाथि युद्ध सुरु भएदेखिकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । यस क्रममा ८ सयभन्दा बढी ड्रोन प्रयोग गर्दै पहिलोपल्ट कीभको एक सरकारी भवनमा प्रहार गरेको सीएनएनले लेखेको छ । आवासीय भवनहरूमा भएको ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ, जसमा एक शिशु पनि छन् । राजधानी कीभ ११ घण्टासम्म हवाई आक्रमणको साइरनमुनि रह्यो ।
युक्रेनी वायु सेनाले जनाएअनुसार, रुसले कुल ८ सय १० ड्रोन, ४ वटा ब्यालिस्टिक मिसाइल र ९ वटा क्रुज मिसाइल प्रक्षेपण गरेको थियो । तीमध्ये अधिकांशलाई हवाई प्रतिरक्षा प्रणालीले खसाल्न सफल भए पनि ५४ ड्रोन र ९ मिसाइल भने युक्रेनका विभिन्न लक्ष्यमा सफल भएका छन् । यो आक्रमण यसअघि सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्ण आक्रमण शुरु गरेपछि भएको सबैभन्दा ठूलो मानिएको छ । युक्रेनका पश्चिमी सहयोगीहरूले शान्ति सम्झौता गराउन हालै गरेका प्रयासहरूको केही दिनमै भएको हो ।
Post Comment