भन्सार छलीका कपडा र मोटरसाइकलसहित एक युवक प्रहरीको नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
भन्सार छलीका कपडा र मोटरसाइकलसहित एक युवक प्रहरीको नियन्त्रणमा

सारांश

  • भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र दुई वटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो ।
  • यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् ।

२२ भदौ, सिरहा

भारतबाट अवैध रूपमा भन्सार छली गरेर ल्याइएको लत्ताकपडा र दुई वटा मोटरसाइकलसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान गोलबजार नगरपालिका–६ गुम्बाचोक नजिकै सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाको गस्ती टोलीले उक्त सामानसहित २२ वर्षीय रामकुमार यादवलाई पक्राउ गरेको हो । यादव सुखीपुर नगरपालिका–७ सिसवा निवासी हुन् ।

उनीसँगै रहेका अर्का मोटरसाइकल चालक भने फरार रहेको सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए । सशस्त्र प्रहरीका अनुसार यादवको साथबाट दुई लाख ८२ हजार ८०० रुपैयाँ बराबरको कपडा र दुई लाख ५० हजार रुपैयाँ मूल्य बराबरका दुई थान मोटरसाइकल बरामद गरिएको छ ।

बरामद सामग्रीको मूल्य ५ लाख ३२ हजार ८०० रुपैयाँ बराबर रहेको छ । सशस्त्र प्रहरी उपरीक्षक भण्डारीका अनुसार भारतबाट भन्सार छली गरेर सामान भित्र्याउने कार्यमा रोक लगाउन सशस्त्र प्रहरीले कडा निगरानी थालेको छ । पक्राउ परेका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजामा इजरायली हवाई आक्रमणः ११४ जनाको मृत्यु
गाजामा इजरायली हवाई आक्रमणः ११४ जनाको मृत्यु
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
संविधान दिवसको अवसरमा देउवाको सन्देश : ‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
कर्णालीमा बेपत्ता व्यक्तिको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन
शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि
शव नेपाल ल्याएसँगै प्रकृति लम्सालको अन्त्येष्टि
आँधीखोलामा आठ करोड लागतमा तटबन्ध निर्माण
आँधीखोलामा आठ करोड लागतमा तटबन्ध निर्माण
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
हेटौंडा बजारमा सडक विस्तार सुरु, यातायात व्यवस्थापन सहज बनाउन वैकल्पिक रुट लागू गरिने
मुख्यमन्त्री सिंहद्वारा कलैया अस्पतालकाे छड्के निरीक्षण
मुख्यमन्त्री सिंहद्वारा कलैया अस्पतालकाे छड्के निरीक्षण
साढे चारलाख रुपैयाँ पीडितलाई बुझाएपछि साह छुटे
साढे चारलाख रुपैयाँ पीडितलाई बुझाएपछि साह छुटे