सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र १७, २०८२
|
|
८० पटक हेरिएको
Shares
सप्तकोसीमा पानीको सतह बढ्दै, सोलुमा थामे खोलाले ५ घर बगायो

सारांश

  •   लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ ।
  • जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाका अनुसार राति १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो ।
  • बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोसी ब्यारेजका ५६ मध्ये ३९ ढोका खोलिएका थिए ।

विराटनगर ।  लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाका अनुसार राति १० बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड २ लाख ७३ हजार ९२५ क्युसेक पुगेको थियो । बाढीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोसी ब्यारेजका ५६ मध्ये ३९ ढोका खोलिएका थिए । तर, अहिले पानीको प्रवाह घटेपछि ३१ ढोका खुल्ला गरिएको छ । अहिले प्रतिसेकेण्ड २ लाख ४३ हजार ५ सय १० क्युसेक रहेको छ ।

ब्यारेजमा हाल रातो बत्ती बालिएको छ, जुन एक लाख ५० हजार क्युसेकभन्दा बढी प्रवाह भएपछि खतरा सम्भावना भएको संकेतस्वरूप प्रयोग गरिन्छ । डुबानको प्रत्यक्ष जोखिम नभए पनि सतह लगातार बढिरहेकोले सप्तकोसी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । यसैबिच, जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका केही स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ । तर, कोशी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ ।

थामेले बगायो ५ घर

यसैबिच लगातारको वर्षाका कारण सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे क्षेत्रमा आएको बाढीले ठूलो क्षति पु¥याएको छ । सोमबार थामे खोलाको बग्ने बाटो मोडिएर बस्तीमा पस्दा पाँच घर पूर्ण रूपमा बगाएको छ भने थप छ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।

बाढीका कारण बिजुलीका पोल भत्किँदा विद्युत् आपूर्ति र सञ्चार सेवा समेत अवरुद्ध भएको छ । हाल पनि अविरल वर्षा भइरहेकोले थप क्षतिको सम्भावना कायमै रहेको र थामे क्षेत्रसहित तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” संस्था द्वारा कृषि औजार वितरण
नेपाली समाजद्वारा अमेरिकामा गठित “SAPANA” संस्था द्वारा कृषि औजार वितरण
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?
मनहरीमा बसको ठक्करबाट युवकको मृत्यु
मनहरीमा बसको ठक्करबाट युवकको मृत्यु
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित
कांग्रेस छानबिन समितिमा तयार नहुँदा प्रतिपक्षीसँग कुरा मिलेन, संसद् बैठक अनिश्चित
राप्रपाद्वारा प्रधानमन्त्रीलाई तीनकुने घटनाको सन्दर्भमा ५ बुँदे मागसहित ध्यानाकर्षण पत्र
राप्रपाद्वारा प्रधानमन्त्रीलाई तीनकुने घटनाको सन्दर्भमा ५ बुँदे मागसहित ध्यानाकर्षण पत्र
रास्वपासँग स्पष्ट बहुमत छ, तर खतरनाक भ्रममा छ : गगन थापा
रास्वपासँग स्पष्ट बहुमत छ, तर खतरनाक भ्रममा छ : गगन थापा
राष्ट्रिय सभा बैठक पनि स्थगित
राष्ट्रिय सभा बैठक पनि स्थगित
मधेश सरकारलाई गठबन्धनकै कांग्रेस-एमालेले घेराबन्दी गरेको जनमतको आरोप
मधेश सरकारलाई गठबन्धनकै कांग्रेस-एमालेले घेराबन्दी गरेको जनमतको आरोप
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी
निपानेका दलित महिलाका पीडा : एक गाग्री पानी, अपमानमै गयो जिन्दगानी