३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
२० पटक हेरिएको
Shares
३१ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

सारांश

  • साताको पहिलो कारोबार दिन नेप्से परिसुचक ३१.
  • १७ अंकले घट्दै २७४९.
  • ८३ बिन्दुमा बन्द भएको छ ।

१५ भदौ, काठमाडौं ।

साताको पहिलो कारोबार दिन नेप्से परिसुचक ३१.१७ अंकले घट्दै २७४९.८३ बिन्दुमा बन्द भएको छ । यसअघि बिहीवार बजार ३८.१० अंकले घटेर २७८१ बिन्दुमा बन्द भएको थियो ।
यसअघि विहीबार कुल ८ अर्ब ९ करोड ५६ लाख १० हजार ४४५ रुपैयाँ बराबरको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर कारोबार भएको बजारमा आज भने ३२१ स्टकको ६ अर्ब ६ करोड १८ लाख २२ हजार ३७९ रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता बराबर शेयर कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स ५.०३ अंकले घटेको छ । फ्लोट इन्डेक्स २.३१ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स १.८४ अंकले घटेको छ । आज उन्नती सहकार्य लघुवित्तको शेयर मूल्य १५२ रुपैयाँले बढेर प्रतिकित्ता २३९६.०७ रुपैयाँमा अन्तिम कारोबाार भएको छ । आशा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य ४२.३९ रुपैयाँले बढेर प्रतिकित्ता १०६१.५६ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी, यसदिन ग्लोबल आईएमइ समुन्नत योजनको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

यस कम्पनीको शेयर मूल्य आज सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता १० रुपैयाँमा अन्तिम कारोबार भएको छ । नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य प्रतिकित्ता ७.४५ प्रतिशतले घटेर ४९५.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य ७.०७ प्रतिशतले घट्दै २६५.१८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन नेपाल रिइन्स्यारेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरि कम्पनी, नेपाल रिपब्लीक मिडिया र पिपुल्स पावर लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल
नेपाली चेस टोली श्रीलंका प्रस्थान
नेपाली चेस टोली श्रीलंका प्रस्थान
मन्त्री कौशल किशोर रायविरुद्ध अनुशासन समितिको कारबाही प्रयास, राजनीतिक पूर्वाग्रहको आरोप
रुपन्देहीको बेलबासमा ३ सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु
रुपन्देहीको बेलबासमा ३ सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु
नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने
नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते, गगन थापाले सम्बोधन गर्ने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
पदभार ग्रहण समारोहबाटै पक्राउ परे नवनिर्वाचित वडाध्यक्ष
स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु
स्कुल बसको ठक्करले तीन वर्षीया बालिकाको मृत्यु
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँड
हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँड
मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते
मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते