प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली चीनमा, राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार चीनको तियानजिन शहर आइपुगेका छन्।
  • मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्सको विशेष विमानमार्फत तियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे।
  • प्रधानमन्त्रीलाई स्वागत गर्न चीन सरकारका उच्च अधिकारी, नेपालका लागि चीनका राजदूत डा.

१४ भदौ, काठमाडौ ।

प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार चीनको तियानजिन शहर आइपुगेका छन्। मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे हिमालय एयरलाइन्सको विशेष विमानमार्फत तियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे।

प्रधानमन्त्रीलाई स्वागत गर्न चीन सरकारका उच्च अधिकारी, नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओली र चीनका लागि नेपालका राजदूत चेन सोङलगायत उपस्थित थिए। प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनमा औपचारिक सम्बोधन गर्ने कार्यक्रम छ। त्यसक्रममा उनले सदस्य तथा संवाद साझेदार मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने तालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सबैभन्दा महत्वपूर्ण भेटवार्ता प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आजै हुने कार्यक्रम तय भएको छ। सो भेटमा नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
सर्लाहीमा बसको ठ*क्करबाट एक जनाको मृ*त्यु
बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन, दुईजना पक्राउ
बालुवाटारमा प्रधानमन्त्रीविरुद्ध मिराज समूहको प्रदर्शन, दुईजना पक्राउ
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति कोइरालाको निधन
नेपाली कांग्रेस सर्लाहीका पूर्वसभापति कोइरालाको निधन
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
फेरि माइतीघरको पोलमा चढिन् महिला, प्रहरीद्वारा उद्धार
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान
स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना, २२ जना घाइते
स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना, २२ जना घाइते
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
पाँचथर र इलामबाट सेनाको हेलिकोप्टरमार्फत ३ गर्भवतीको उद्धार
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै
नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै