२६ भाद्र २०८२, बिहीबार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

१३ भदौ, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।  सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाक गणेश पराजुलीलाई बोल्न दिएका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालको भूमि लिम्पियाधुरा र लिपुलेकबारे दह्रो तरिकाले कूटनीतिक तवरबाट कुरा राख्न आग्रह गरे ।  त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए । उनले भारत र चीनबिच लिपुलेकलाई समेटेर भएको सहमतिप्रति आपत्ति जनाए । र सदस्यका हैसियतले संयुक्त राष्ट्र सङ्घमा कुरा राख्न माग गरे ।

भिजिट भिसा प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नहुँदासम्म आन्दोलन जारी राख्ने बताए । दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment