रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
७४ पटक हेरिएको
Shares
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
  • भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
  •   सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए ।

१३ भदौ, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।  सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाक गणेश पराजुलीलाई बोल्न दिएका थिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालको भूमि लिम्पियाधुरा र लिपुलेकबारे दह्रो तरिकाले कूटनीतिक तवरबाट कुरा राख्न आग्रह गरे ।  त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए । उनले भारत र चीनबिच लिपुलेकलाई समेटेर भएको सहमतिप्रति आपत्ति जनाए । र सदस्यका हैसियतले संयुक्त राष्ट्र सङ्घमा कुरा राख्न माग गरे ।

भिजिट भिसा प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नहुँदासम्म आन्दोलन जारी राख्ने बताए । दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेश प्रदेशसभा सदस्य सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गर्ने तयारी
संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गर्ने तयारी
देश विकासका लागि युवा एकतामा जोड
देश विकासका लागि युवा एकतामा जोड
माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी
माओवादी र एकीकृत समाजवादी उपनिर्वाचनमा मिलेर लड्ने तयारी
नेपाल कसैको मातहतमा रहेन र कहिल्यै रहँदैनः प्रधानमन्त्री ओली
नेपाल कसैको मातहतमा रहेन र कहिल्यै रहँदैनः प्रधानमन्त्री ओली
जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती
जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती
त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या