Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
११० पटक हेरिएको
Shares
प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

सारांश

  • नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्।
  • शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो।
  •   खापुङ आफ्नो ब्याचका एक्ला एआईजी हुन्।

१३ भदौ, काठमाडौँ ।

नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो।  खापुङ आफ्नो ब्याचका एक्ला एआईजी हुन्। अरू एआईजी उनीभन्दा जुनियर हुन्।

हालका प्रहरी महानिरीक्षक दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाश हुने भएपछि एक साताअघि नै नयाँ आईजीपी नियुक्ति गरिएको हो। नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाने र १८ गते मात्रै फर्किने भएकाले त्यसअघि नै आईजीपी नियुक्त गरिएको हो।

खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन्। यसअघि प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा पनि सीआईबीमै कार्यरत रहेका उनी एआईजी भएपछि पनि त्यहीँ पदस्थापन भएका थिए। त्यसअघि उनी कोसी प्रदेशको प्रहरी प्रमुख थिए। २०५१ सालमा खुलेको प्रहरी निरीक्षक (इन्सपेक्टरमा) प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला प्रतिस्पर्धा गर्ने मध्ये तेस्रो आईजीपी खापुङ बनेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्ञानेन्द्रप्रति प्रधानमन्त्रीको टिप्पणी रेकर्डबाट हटाउन राप्रपाको माग
ज्ञानेन्द्रप्रति प्रधानमन्त्रीको टिप्पणी रेकर्डबाट हटाउन राप्रपाको माग
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
बुधवारदेखि शिक्षक आन्दोलनको समय बिहान ११ बजेदेखि २ बजेसम्म
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन
सदनमा सशक्त रुपमा प्रस्तुत हुन अध्यक्ष दाहालको निर्देशन
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
परिवर्तनको सन्देश दिदै सर्लाहीमा‘दिप प्रज्वलन कार्यक्रम’
‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
पाँच किलो पोल्याण्डसहित दुई जना पक्राउ
पाँच किलो पोल्याण्डसहित दुई जना पक्राउ
सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त
सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त