प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
७७ पटक हेरिएको
Shares
प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त

सारांश

  • नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्।
  • शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो।
  •   खापुङ आफ्नो ब्याचका एक्ला एआईजी हुन्।

१३ भदौ, काठमाडौँ ।

नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) मा अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयतामा रहेका एआईजी खापुङलाई महानिरीक्षक बनाउने निर्णय गरेको हो।  खापुङ आफ्नो ब्याचका एक्ला एआईजी हुन्। अरू एआईजी उनीभन्दा जुनियर हुन्।

हालका प्रहरी महानिरीक्षक दीपक थापा यही भदौ १८ गते अनिवार्य अवकाश हुने भएपछि एक साताअघि नै नयाँ आईजीपी नियुक्ति गरिएको हो। नवनियुक्त आईजीपी खापुङले भदौ १९ गतेदेखि कार्यभार सम्हाल्नेछन्। प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चीन भ्रमणमा जाने र १८ गते मात्रै फर्किने भएकाले त्यसअघि नै आईजीपी नियुक्त गरिएको हो।

खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन्। यसअघि प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा पनि सीआईबीमै कार्यरत रहेका उनी एआईजी भएपछि पनि त्यहीँ पदस्थापन भएका थिए। त्यसअघि उनी कोसी प्रदेशको प्रहरी प्रमुख थिए। २०५१ सालमा खुलेको प्रहरी निरीक्षक (इन्सपेक्टरमा) प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला प्रतिस्पर्धा गर्ने मध्ये तेस्रो आईजीपी खापुङ बनेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
मन्त्रिपरिषद्का दुई महिनाका निर्णय एकै पटक सार्वजनिक (सूची)
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने
राहदानी विभाग नयाँ प्रणालीमा जाँदै, केही दिन सेवा प्रभावित हुने
अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली
भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि तोडे अनसन
भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि तोडे अनसन
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन
राष्ट्रपति पौडेलले गरे निर्माणाधीन संसद् भवनको अवलोकन
मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल
मानवताको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सदैव प्रतिबद्ध छौँ : डिपि अर्याल
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित
फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन् : वर्षमान पुन
फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन् : वर्षमान पुन