१७ चैत्र २०८२, मंगलवार

महानगरका सबै वडालाई ढल र मंगल सफा गर्न निर्देशन

१२ भदौ, काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले लागि सबै वडा कार्यालयहरूलाई आफ्नो क्षेत्र भित्रका ढल, मंगल, क्याचपिट, नाली र ह्युमपाइप लगायतका संरचनाहरूको सरसफाइ गर्न निर्देशन दिएको छ । महानगरको विपद् व्यवस्थापन विभागले हिजो बुधबार जारी गरेको पत्रमा ‘डुबान समाधान’ गर्न भन्दै सफा गर्न निर्देशन दिएको हो  ।

विभागका प्रमुख जगदीश अर्यालका अनुसार विगतका वर्षहरूदेखि नै काठमाडौँ महानगरपालिकामा डुबान समाधानका लागि विभिन्न संरचनाहरूको सफाइ गरिँदै आएको र यस आर्थिक वर्षमा पनि सो कार्यलाई निरन्तरता दिइएको हो ।

विभागले वडा कार्यालयहरूलाई आ–आफ्नो क्षेत्रभित्रका डुबानको जोखिम रहेका स्थानहरूमा रहेका यस्ता संरचनाहरू सरसफाइ गराउन र सरसफाइ गरिएका सम्बन्धित स्थानहरूको स्पष्ट विवरण उपलब्ध गराउन समेत भनेको छ ।

Post Comment

छुटाउनुभयो कि ?