नेपालको ऐन, कानून र नियमहरु परम्परावादी छन् : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र ११, २०८२
|
|
४१ पटक हेरिएको
Shares
नेपालको ऐन, कानून र नियमहरु परम्परावादी छन् : प्रचण्ड

सारांश

  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको ऐन, कानून, नियमहरु परम्परावादी रहेको बताएका छन् ।
  • बुधबार काठमाडौंमा आयोजित पोष्ट बहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद २०८२ मा बोल्दै उनले नयाँ संविधानको मर्म र भावना अनुसार ऐन, कानून बन्न नसकेको भन्दै ऐन, कानून परम्परावादी रहेको बताएका हुन् ।
  • उनले भने, ‘नेपालले किन विकास लिन सकेको छैन भन्दा नेपालको ऐन, कानून, नियमहरु अभैm पनि परम्परावादी नै धेरै छन् ।

११ भदौ, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको ऐन, कानून, नियमहरु परम्परावादी रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पोष्ट बहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद २०८२ मा बोल्दै उनले नयाँ संविधानको मर्म र भावना अनुसार ऐन, कानून बन्न नसकेको भन्दै ऐन, कानून परम्परावादी रहेको बताएका हुन् । उनले भने, ‘नेपालले किन विकास लिन सकेको छैन भन्दा नेपालको ऐन, कानून, नियमहरु अभैm पनि परम्परावादी नै धेरै छन् ।

नयाँ संविधानको मर्म र भावना अनुसार ऐन, कानून अझै पनि बन्न सकेका छैनन् । कयाँै आवश्यक कानूनहरु रोकिएका छन् । अर्को हाम्रो ब्यूरोक्रेसीको पुरै सोच परम्परावादी छ । यसलाई गति दिने खालको छैन।’ उनले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ब्यूरोक्रेसीमा रहेको परम्परालाई तोड्ने प्रयास गरेको बताए । ‘मैले दोस्रो पटक प्रधानमन्त्री हुँदा ब्यूरोक्रेसीमा पनि नयाँ सेट ल्याएकै हो । र सरकारको नेतृत्वमा पनि अलि उर्जावान, गतिशिल मन्त्री बताउन खोजेकै हो ।

त्यतिबेला जनार्दन शर्मालाई उर्जामन्त्री बनाउने कुरा र कुलमानलाई एम डि बनाउने कुरा उर्जा क्षेत्रमा परम्परागत तोड्ने कुरासँग सम्बन्धित थियो,’ उनले भने । यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विभिन्न सरोकारवाला संस्थाहरुको पदाधिकारीहरु परिवर्तन भईरहँदा नीति बनाउन असज हुने बताए ।

‘हाम्रो के देखिएको छ भने हाम्रो चाँहे धितोपत्र बोर्ड होस्, चाँहे प्रमोटर र प्रब्लिक शेयर छुट्याउने वास्तवमा नयाँ, नयाँ पदाधिकारी फेरिदाखेरी उहाँहरुले आफ्नो आफ्नो हिसावले नीति बनाउनुहुन्छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण
गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी
धनुषामा चारतारे होटल बन्दै, डेढ अर्ब लगानी
मधेशको मुख्यमन्त्रीमा जनतमतका सतिश सिंहको दाबी पेस
मधेशको मुख्यमन्त्रीमा जनतमतका सतिश सिंहको दाबी पेस
सुनको मूल्य २ हजार ८ सय रुपैयाँ बढ्यो
सुनको मूल्य २ हजार ८ सय रुपैयाँ बढ्यो
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
गृहमन्त्री अर्यालले गरे थानकोट प्रहरी वृत्त र नागढुंगा प्रभागको निरीक्षण
२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
२६ वर्षपछि आयोडिनयुक्त नुन सम्बन्धी ऐन कार्यान्वयनमा
उपसभामुखलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्न केन्द्रित हुने विपक्षी दलको निर्णय
उपसभामुखलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्न केन्द्रित हुने विपक्षी दलको निर्णय
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
हल बुकिङ नहुँदा जनमत-नाउपा एकीकरण कार्यक्रम सुरु भएन
हल बुकिङ नहुँदा जनमत-नाउपा एकीकरण कार्यक्रम सुरु भएन