पत्रकार महासंघको आन्दोलन घोषणा, अनलाइन मिडिया दर्ता खुलाउन माग
९ भदौ, काठमाडौ ।
नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल सुचारु गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ। महासंघको डिजिटल मिडिया विभागले २०८२ भदौ ११ गते सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने र भदौ १३ गतेदेखि सूचना विभागमा कालो व्यानरसहित धर्ना दिने निर्णय गरेको छ।
सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन संशोधनपछि साउन २० देखि अनलाइन मिडिया दर्ता र नवीकरण बन्द गरेको थियो। महासंघका पदाधिकारीहरूले यसलाई प्रेस स्वतन्त्रता विरोधी र असंवैधानिक कार्य भन्दै विरोध जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment