Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

त्रिविका प्राध्यापकहरूको सुरक्षामा पीएसओ खटाउनुपरेको छ : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ८, २०८२
|
|
३९ पटक हेरिएको
Shares
त्रिविका प्राध्यापकहरूको सुरक्षामा पीएसओ खटाउनुपरेको छ : गृहमन्त्री

सारांश

  • गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालय भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन् ।
  • आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालयमा देखिएको द्वन्द्वमा गृह मन्त्रालय नै प्रवेश गर्नुपरेको बताए ।
  • प्राध्यापकहरूको सुरक्षाको लागि पीएसओ खटाएको जानकारी पनि उनले दिए ।

८ भदौ, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालय भइरहेको द्वन्द्व अन्त्य गर्न आग्रह गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालयमा देखिएको द्वन्द्वमा गृह मन्त्रालय नै प्रवेश गर्नुपरेको बताए । प्राध्यापकहरूको सुरक्षाको लागि पीएसओ खटाएको जानकारी पनि उनले दिए । ‘त्रिभुवन विश्वविद्यालयमा नै यस्तो द्वन्द्व छ की त्यो द्वन्द्वमा पनि गृहमन्त्रालयले प्रवेश गर्नुपरेको छ । सरहरूको सुरक्षाको लागि मैले पीएसओ पठाउनुपरेको छ,’ गृहमन्त्री लेखकले भने । गृह मन्त्रालयले खटाएको पिएसओ फिर्ता गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे । त्रिभुवन विश्वविद्यालयमा विभिन्न दलका भ्रातृसंस्थाले बन्द गर्ने, प्राध्यापकमाथ हातपात गर्ने, तोडफोड गर्ने जस्ता क्रियाकलाप गर्दै आएका छन् ।

‘यस्तो द्वन्द्व भएको छ, अहिलेसम्म त त्यो शान्तिपूर्ण नै छ । त्यो द्वन्द्व चाहीँ मैले पिएसओ फिर्ता गर्ने स्थिति बनोस् भन्ने मेरो आग्रह छ,’ गृहमन्त्री लेखकले भने, ‘जसले द्वन्द्व गर्नुभएको छ, उहाँहरूलाई मेरो हार्दिक अपिल छ, त्यो पीएसओ अन्त काममा लगाउने गरेर मैले फिर्ता नगर्ने अवसर पाउँ ।’ उनले सरकार द्वन्द्व न्युनीकरणको लागि विश्वविद्यालयसँग मिलेर काम गर्न तयार रहेको पनि बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोलाले बगाउँदा एक जनाको मृत्यु
खोलाले बगाउँदा एक जनाको मृत्यु
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला
कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान
कोशी सरकारले सुरु गर्यो दुहबीबाट सेवा पुनस्र्थापनाको अभियान
४० किलो गाँजासहित पाँच जना पक्राउ
४० किलो गाँजासहित पाँच जना पक्राउ
आज संवैधानिक परिषद्को बैठक बस्दै। 
आज संवैधानिक परिषद्को बैठक बस्दै। 
एक महिनाभित्र विद्युत विद्येयक पास हुन्छः उर्जामन्त्री खड्का
एक महिनाभित्र विद्युत विद्येयक पास हुन्छः उर्जामन्त्री खड्का
प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
प्रधानमन्त्रीको ब्रिफिङ- भ्रष्टाचारीमाथि अभियोग चलाउन फाइल खोलेका छौं
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का