वागमती प्रदेशमा लम्पी स्किन रोग विरुद्ध सप्ताहव्यापी खोप अभियान
३१ साउन, काठमाडौं ।
वागमती प्रदेशमा गाई तथा भैँसीमा तीव्र रूपमा फैलिरहेको लम्पी स्किन रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले भदौ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आयोजनामा हुने यस अभियानअन्तर्गत ११९ वटा स्थानीय तहमा करिब १ लाख २० हजार डोज निःशुल्क खोप वितरण गरिनेछ। मन्त्रालयका अनुसार खोप सुरक्षित र प्रभावकारी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment