Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
३५ पटक हेरिएको
Shares
श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुन्छ : श्रममन्त्री भण्डारी

सारांश

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुने बताएका छन् ।
  • शुक्रबार सिंहदरबारमा प्रत्येक प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरूलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।
  • उनले हरेक श्रमिकको जिम्मेवारी सरकारको भएको बताए ।

३० साउन, काठमाडौँ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुने बताएका छन् । शुक्रबार सिंहदरबारमा प्रत्येक प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरूलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् । उनले हरेक श्रमिकको जिम्मेवारी सरकारको भएको बताए । उनले श्रमिक स्वस्थ भए प्रतिष्ठान स्वस्थ हुने र मुलुक स्वस्थ हुने जिकिर गरे । उनले सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्नेमा पनि जोड दिए ।

सरकार अहिले श्रम ऐन र विभिन्न ट्रेड युनियन ऐन संशोधन गर्ने प्रक्रियामा रहेको पनि बताए । उनले भने,‘हरेक श्रमिकको जिम्मेवारी हाम्रो हो । त्यो श्रमिक स्वस्थ भयो भने प्रतिष्ठान पनि स्वस्थ हुन्छ । मुलुक स्वस्थ हुन्छ । हामी सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक लिनुपर्छ । तपाईँहरूको प्रतिष्ठानले उदाहरणीय काम गर्नुभएको छ । तपाईँहरूको प्रतिष्ठानको उदाहरण मन्त्रालयले अरू प्रतिष्ठानले पनि गर्न सक्छ भनेर उदाहरण दिन सक्छ ।

आगामी दिनमा हामीले धेरै कुराहरू परिवर्तन गर्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय मान्यताहरू अघि बढाउनुपर्ने भएको छ । हामी अहिले श्रम ऐन संशोधन गर्ने प्रक्रियामा छौँ, विभिन्न ट्रेड युनियन ऐन संशोधन गर्ने प्रक्रियामा छौँ ।’ मन्त्री भण्डारीले श्रमिकको हितलाई मध्यनजर गरी सबैको हित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलाली लागुऔषधको हब बन्दै गयो : सांसद कुँवर
कैलाली लागुऔषधको हब बन्दै गयो : सांसद कुँवर
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
साउन २४ देखि दूधपोखरीमा बेपत्ता युवकको श*व आज फेला
माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री
माओवादीको विरोध सरकारमा नहुनुको छटपटी: प्रधानमन्त्री
जलविद्युत परियोजनाबारे राष्ट्रपति पौडेलको चासो
जलविद्युत परियोजनाबारे राष्ट्रपति पौडेलको चासो
पीएम कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित
पीएम कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित
सिटी सफारीका चालक ह*त्या प्रकरणमा सात जना पक्राउ
सिटी सफारीका चालक ह*त्या प्रकरणमा सात जना पक्राउ
१२ घण्टापछि सकुशल भेटिइन् कलैयाबाट हराएकी २ वर्षीया बालिका
१२ घण्टापछि सकुशल भेटिइन् कलैयाबाट हराएकी २ वर्षीया बालिका
नेपाल-वेस्ट इन्डिज युनिटी कप : विश्‍वकप छनोटका लागि अन्तिम तयारी
नेपाल-वेस्ट इन्डिज युनिटी कप : विश्‍वकप छनोटका लागि अन्तिम तयारी
सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का
सरकारले शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित काम गरिरहेको छ : ऊर्जामन्त्री खड्का
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ