पशुपतिमा जलाउँदै गरेको शवको हड्डी बिक्री गरेको आरोपमा १ जना पक्राउ
२५ साउन, काठमाडौं ।
पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालेको आरोपमा एक जना पक्राउ परेका छन्। शव जलाउने जिम्मेवारीमा रहेका एक ब्राम्हणमाथि मृतकका आफन्तको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौँ प्रहरी परिसरका अुनसार पक्राउ परेका उनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान थालिएको छ। काभ्रेको बनेपाका राम शाहीको शवबाट मासु र हड्डी निकालिएको आरोप आफन्तले लगाएका हुन्। यद्यपि, बेचबिखन भएको पुष्टि हुने प्रमाण भने हालसम्म नखुलेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
Post Comment