कुलिङ पिरियड छानबिन समितिले आज प्रतिवेदन सदनमा पेश नगर्ने
१९ साउन, काठमाडौं।
कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्न गठित समितिमा विषयवस्तुबारे कुरा नमिल्दा अझै अन्तिम प्रतिवेदन तयार हुन सकेको छैन। कुलिङ पिरियड छानबिन समितिको प्रतिवेदन सोमबार नै संसद्मा प्रस्तुत गर्ने तयारी थियो। तर, प्रतिवेदन तयार गर्न ढिलाइ भएकाले मंगलबार मात्रै पेश गर्ने छानबिन समितिको तयारी रहेको एक सदस्यले जानकारी दिए।
निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी प्रावधानमा भएको गडबडीबारे छानबिन गर्न संसद्ले ७ सदस्यीय समिति बनाएको थियो। उक्त समितिमा रहेका सत्ता पक्षका ४ र विपक्षका ३ सांसद्हरूबीच कतिपय विषयमा कुरा नमिल्दा प्रतिवेदनले अन्तिम रूप पाएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment