१३ श्रावण २०८२, सोमबार

१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी

१२ साउन, काठमाडौँ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमवार सिंहदरबारमा श्रम संसार नागरिक एप सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तयार भएको जनशक्तिसँग रोजगारसँग जोड्ने र श्रम बजारमा आन्तरिक रोजगार र वाह्य रोजगारको कुरालाई मध्यनजर राख्दै आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाएको बताउनु भयो ।

उहाँले नेपालमै रोजगारी सिर्जना गर्ने र उद्यमशिलतासँग जोड्ने गरी अघि सरकार अघि बढेको पनि उल्लेख गर्नुभयो । सरकारले लिएको रोजगारीको लक्ष्य पूरा गर्नेगरी अघि बढिरहेको पनि बताउनु भयो । उहाँले नेपालको श्रम बजारको बारेमा नै विश्लेषणात्मक सूचनाको अभावले नागरिकहरु विदेशिएको परिस्थितिको अन्त्य गर्न सूचना प्रवाहलाई विस्तार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘डिजिटल नेपालको अवधारणाअनुसार नेपालको सेवा प्रवाहरुलाई अत्यन्तै प्रभावकारी ढंगबाट अघि बढाउने र अहिलेको प्रविधिमैत्री सेवा प्रवाह गर्ने उद्देश्यका आधारमा श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरु वान डोर सिस्टममा अघि लैजाने कुरामा अघि बढेका छौँ । नेपालको श्रम बजारको बारेमा नै विश्लेषणात्मक सूचनाको अभावले, श्रम बजारको स्थिति के छ ? नेपालमा रोजगारीको अवस्था के छ, कहाँ छन्, कस्तो छ ? श्रम बजारमा आउने जनशक्तिको योग्यता कस्तो छ ? यो बारेमा व्यापक रुपमा छलफल हुनु आवश्यक छ ।

रोजगारको निम्ति आवश्यकता भएको दक्ष जनशक्ति हामीले तयार गर्नुपर्छ । तयार भएको जनशक्तिसँग रोजगारलाई जोड्नुपर्छ । श्रम बजारमा आन्तरिक रोजगार र वाह्य रोजगारको कुरालाई मध्यनजर राख्दै आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाएको छ । १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्नुपर्छ । नेपालमै रोजगारी सिर्जना गर्ने र उद्यमशिलतासँग जोड्ने गरी अघि बढेको छ । हामीले मिनिमम रोजगारीको व्यवस्था गरेका छौँ । त्यो व्यवस्था लागू हुनैपर्छ । लागू भएन भने त्यसलाई पनि हामी अनलाइनमार्फत नै इन्फरमेसन लिएर कारबाही पनि गर्दछौँ । सूचनाको प्रविधिले सेवाको क्षेत्रमा धेरै ठूलो प्रभाव पर्दछ । ’मन्त्री भण्डारीले सरकारले डिजिटल नेपालको अवधारणाअनुसार नेपालको सेवा प्रवाहरुलाई प्रभावकारी ढंगबाट अघि बढाइ प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?