१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण १२, २०८२
|
|
४४ पटक हेरिएको
Shares
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी

सारांश

  •   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ ।
  • सोमवार सिंहदरबारमा श्रम संसार नागरिक एप सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले तयार भएको जनशक्तिसँग रोजगारसँग जोड्ने र श्रम बजारमा आन्तरिक रोजगार र वाह्य रोजगारको कुरालाई मध्यनजर राख्दै आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाएको बताउनु भयो ।

१२ साउन, काठमाडौँ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्ने बताउनुभएको छ । सोमवार सिंहदरबारमा श्रम संसार नागरिक एप सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तयार भएको जनशक्तिसँग रोजगारसँग जोड्ने र श्रम बजारमा आन्तरिक रोजगार र वाह्य रोजगारको कुरालाई मध्यनजर राख्दै आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाएको बताउनु भयो ।

उहाँले नेपालमै रोजगारी सिर्जना गर्ने र उद्यमशिलतासँग जोड्ने गरी अघि सरकार अघि बढेको पनि उल्लेख गर्नुभयो । सरकारले लिएको रोजगारीको लक्ष्य पूरा गर्नेगरी अघि बढिरहेको पनि बताउनु भयो । उहाँले नेपालको श्रम बजारको बारेमा नै विश्लेषणात्मक सूचनाको अभावले नागरिकहरु विदेशिएको परिस्थितिको अन्त्य गर्न सूचना प्रवाहलाई विस्तार गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘डिजिटल नेपालको अवधारणाअनुसार नेपालको सेवा प्रवाहरुलाई अत्यन्तै प्रभावकारी ढंगबाट अघि बढाउने र अहिलेको प्रविधिमैत्री सेवा प्रवाह गर्ने उद्देश्यका आधारमा श्रम मन्त्रालयले प्रवाह गर्ने सेवाहरु वान डोर सिस्टममा अघि लैजाने कुरामा अघि बढेका छौँ । नेपालको श्रम बजारको बारेमा नै विश्लेषणात्मक सूचनाको अभावले, श्रम बजारको स्थिति के छ ? नेपालमा रोजगारीको अवस्था के छ, कहाँ छन्, कस्तो छ ? श्रम बजारमा आउने जनशक्तिको योग्यता कस्तो छ ? यो बारेमा व्यापक रुपमा छलफल हुनु आवश्यक छ ।

रोजगारको निम्ति आवश्यकता भएको दक्ष जनशक्ति हामीले तयार गर्नुपर्छ । तयार भएको जनशक्तिसँग रोजगारलाई जोड्नुपर्छ । श्रम बजारमा आन्तरिक रोजगार र वाह्य रोजगारको कुरालाई मध्यनजर राख्दै आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि बढाएको छ । १० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्नुपर्छ । नेपालमै रोजगारी सिर्जना गर्ने र उद्यमशिलतासँग जोड्ने गरी अघि बढेको छ । हामीले मिनिमम रोजगारीको व्यवस्था गरेका छौँ । त्यो व्यवस्था लागू हुनैपर्छ । लागू भएन भने त्यसलाई पनि हामी अनलाइनमार्फत नै इन्फरमेसन लिएर कारबाही पनि गर्दछौँ । सूचनाको प्रविधिले सेवाको क्षेत्रमा धेरै ठूलो प्रभाव पर्दछ । ’मन्त्री भण्डारीले सरकारले डिजिटल नेपालको अवधारणाअनुसार नेपालको सेवा प्रवाहरुलाई प्रभावकारी ढंगबाट अघि बढाइ प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्थली-काठमाडौं आवागमन फेरि अवरुद्ध
मन्थली-काठमाडौं आवागमन फेरि अवरुद्ध
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीको प्रलोभनमा पारी लाखौँ ठगी गर्ने दुई जना पक्राउ
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार
छत्तीसगढमा पत्रकार हत्या प्रकरणः मुख्य आरोपित गिरफ्तार
नागरिकको गास, बास र कपासमा ध्यान दिन काँग्रेस सांसद भट्टद्वारा सरकारको ध्यानाकर्षण
नागरिकको गास, बास र कपासमा ध्यान दिन काँग्रेस सांसद भट्टद्वारा सरकारको ध्यानाकर्षण
काभा भलिबल : माल्दिभ्सविरुद्ध नेपाल ३–० को सेटमा विजयी
काभा भलिबल : माल्दिभ्सविरुद्ध नेपाल ३–० को सेटमा विजयी
आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,
आज काठमाडौँ, ललितपुरसहित ३३ जिल्लामा बाढीको जोखिम,
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
आज ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै