१२ श्रावण २०८२, आईतवार

गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु

११ साउन, गुल्मी ।

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा  आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब ३:०० बजेको समयमा स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी हुँदा उनकी छोरी ३० वर्षीया जुना वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी  ) नारायणप्रसाद अधिकारीले बताए ।

ढुङ्गा-माटोले बनेको टिनको छानो भएको एक तले घरमा आगलागी हुँदा विकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार उनी मानसिक रुपमा अवस्वस्थ व्यक्ति हुन् । घरमा रहेकी मनिदेवी वि.क., उनका नातिहरू १२ वर्षीय श्रीधर वि.क. र ११ वर्षीय अरुण वि.क. भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुलेको छैन ।

घटनाबारे बिहान ५ : ४५ बजे जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी धुर्कोटबस्तुबाट टोली खटिएको थियो । स्थानीयको सहयोगमा साढे ६ बजे आगलागी पूर्णरूपमा नियन्त्रणमा आएको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक रेवन्त सेनको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?