गुल्मीको धुर्कोटमा आगलागी हुँदा एक जनाको मृ*त्यु
११ साउन, गुल्मी ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब ३:०० बजेको समयमा स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी हुँदा उनकी छोरी ३० वर्षीया जुना वि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी ) नारायणप्रसाद अधिकारीले बताए ।

ढुङ्गा-माटोले बनेको टिनको छानो भएको एक तले घरमा आगलागी हुँदा विकको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार उनी मानसिक रुपमा अवस्वस्थ व्यक्ति हुन् । घरमा रहेकी मनिदेवी वि.क., उनका नातिहरू १२ वर्षीय श्रीधर वि.क. र ११ वर्षीय अरुण वि.क. भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण खुलेको छैन ।





Post Comment