कैलालीबाट भरुवा बन्दुकसहित २ जना पक्राउ
९ साउन, काठमाडौं ।
कैलालीको गोदावरी नगरपालिका- ८ स्याउलेबाट २ थान भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरी छन् । उनीहरूलाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा भरुवा बन्दुक १ थान, चित्तलको सिंङ, चित्तलको खुट्टाको आधा भाग र चन्द्र बहादुरको घर तलासी गर्दा भरुवा बन्दुक १ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment