चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृ*त्यु, ४१ घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ८, २०८२
|
|
४८ पटक हेरिएको
Shares
चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृ*त्यु, ४१ घाइते

सारांश

  • चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्।
  •   सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाको मृत्यु भएकाे निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए।
  • त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्।

८ साउन, काठमाडौं ।

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्।  सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाको मृत्यु भएकाे निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए। त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएका छन्। सोही अवधिमा विभिन्न वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन्।

घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते नौ जना छन्। वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति छन्। बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, गौरीगाईलगायत वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको निकुञ्ज प्रशासनले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो पाँच वर्षमा जङ्गली जनावरको आक्रमणबाट ७३ जनाले ज्यान गुमाइसकेका छन्। सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १६९ जना घाइते भएका छन्। पछिल्लो पाँच वर्षको अवधिमा आव २०७८/२०७९ मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए। सो वर्ष बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो। मध्यवर्ती क्षेत्रका बासिन्दाहरू निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँसदाउराका लागि जाने गर्दछन्।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थानलाई व्यवस्थित गर्नुपर्ने बताए। निकुञ्जले जनचेतनामूलक कार्यक्रमसहित मेस जाली लगाउने काम गरिरहेको जनाएको छ। वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा १७९ वटा घरपालुवा पशुको क्षति भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। सबैभन्दा बढी चितुवाको आक्रमणबाट १४० वटा पशुको क्षति भएको छ। बाघको आक्रमणबाट ३७ र अजिङ्गरबाट दुई वटा पशुको क्षति भएको सूचना अधिकारी रानामगरले जानकारी दिए। चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका २३ वटा घरमा हात्तीले क्षति पु-याएको छ। निकुञ्जका अनुसार गत आवमा मात्रै १३ वटा घरको अन्न भण्डारमा हात्तिले क्षति गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरीको ब्यारिकेडमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
प्रहरीको ब्यारिकेडमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ
नक्कली टिकट बेचेको र धेरै भाडा असुलेको आरोपमा १३ जना पक्राउ
२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने
२७ औं पोखरा सडक महोत्सव २०८२ पौष १३ गतेदेखि हुने
शंखमूलको आगो नियन्त्रणमा, १० वटा पसल र घरमा क्षति
शंखमूलको आगो नियन्त्रणमा, १० वटा पसल र घरमा क्षति
अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’
अरूण तेस्रो जलविद्युत आयोजनाको मुख्य सुरूङ ‘ब्रेक थ्रु’
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क हो : प्रधानमन्त्री
मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क हो : प्रधानमन्त्री
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ
सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य
सन्दीप जोराको शतकमा नेपाल ए ले अमेरिकालाई दियो २६५ रनको लक्ष्य
कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले सर्वोच्चमा दिए रिट
कारागार पठाउने उच्च अदालतको आदेशविरुद्ध रवि लामिछानेले सर्वोच्चमा दिए रिट