प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
७१ पटक हेरिएको
Shares
प्रादेशिक अस्पताल मलंगवामा चिकित्सकमाथि हातपात, ओपिडी सेवा बन्द

सारांश

  • सर्लाहीको सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा कार्यरत एक चिकित्सकमाथि हातपात भएको घटनापछि अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ।
  • सोमबार राति एक बिरामीका आफन्तले अर्थोपेडिक डा.
  • कृष्णजङ्ग साहमाथि हातपात गरेका थिए।

७ साउन, सर्लाही ।

सर्लाहीको सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा कार्यरत एक चिकित्सकमाथि हातपात भएको घटनापछि अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ। सोमबार राति एक बिरामीका आफन्तले अर्थोपेडिक डा. कृष्णजङ्ग साहमाथि हातपात गरेका थिए।

हड्डी भाँचिएका बिरामीलाई थप उपचारका लागि अन्यत्र रेफर गर्ने विषयमा असन्तुष्टि जनाउँदै ती आफन्तले डा. साहमाथि हातपात गरेका हुन्। उक्त घटनापछि अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले दोषीमाथि कारबाहीको माग गर्दै मंगलबारदेखि आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव सिंहले घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गर्नुभएको छ।

नेपाल चिकित्सक संघले पनि प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गरेको छ। ओपिडी सेवा बन्द हुँदा अस्पतालमा उपचारका लागि आएका सर्वसाधारण बिरामीहरू मर्कामा परेका छन्। स्थानीयवासीले समेत यस्तो घटनाले अस्पतालमा सेवा प्रवाहमा गम्भीर असर पार्ने भन्दै दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
प्रधानमन्त्री ओली र राजदूत लोरेञ्जोबिच भेटवार्ता
प्रधानमन्त्री ओली र राजदूत लोरेञ्जोबिच भेटवार्ता
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध !
आज बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा
आज बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा
नेपाल काभा भलिबलको सेमिफाइनलमा इरानसँग पराजित
नेपाल काभा भलिबलको सेमिफाइनलमा इरानसँग पराजित
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाको निधनप्रति प्रधानमन्त्री कार्की द्वारा शोक सन्देश जारी
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते
सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित समातिए
सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका लामा २५ करोडसहित समातिए
मन्त्रिपरिषद बैठक जारी
मन्त्रिपरिषद बैठक जारी
काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ जाँदै गरेको कन्टेनर मकवानपुरमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध