भ्रष्टाचार छानविन गर्न माग गर्दै निवेदन लिएर अख्तियार पुग्यो राप्रपा
२ साउन, काठमाडौं ।
भ्रष्टाचारको छानविन र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ । शुक्रवार राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनसहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल पुगेर अख्तियारमा निवेदन दिएको हो । निवेदन दिएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको बताउनु भयो ।
भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी बताउनु भयो । ०४६ साल पछिको उच्चपदस्थ नेता, कर्मचारी र उनका आफन्तहरुसमेतको अनुसन्धान हुनुपर्ने माग गरेको बताउनु भयो । आफूहरुले कुनै पार्टी र व्यक्ति विशेष गरेर अनुसन्धान हुनु नपरेको उल्लेख गर्नुभयो । अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको बताउनु भयो । मन्त्रीहरु एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिष्पर्धा चलाइरहेको बताउनु भयो ।
अध्यक्ष लिङदेनले भन्नुभयो, ‘अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको छ । भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियार जस्ता कार्यालयहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी जस्तो देखिएको सन्दर्भमा अख्तियारको ध्यान आकर्षण गराउनको लागि केन्द्रिय कार्यालयमा आएर उजुरी दर्ता गराएका छौँ । अहिले भ्रष्टाचार कहाँ कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको छ । मन्त्रीहरु एक अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिष्पर्धा चलाइरहेका छन् ।’अध्यक्ष लिङदेनले भ्रष्टाचार प्रकरणमा राजनीतिक नेतृत्व छानविनको दायरा बाहिर पर्नुले आयोगको निष्पक्षता र प्रभावकारितामा गम्भीर प्रश्नहरु उठेका छन् ।
Post Comment