१० श्रावण २०८२, शुक्रबार

नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छः प्रधानमन्त्री

२ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामथ्र्यअनुसार विकासका कामहरु गरिरहेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा नेपाल चीन संस्कृति शिखर सम्मेलन, २०२५ को शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो सामथ्र्यअनुसार नेपालले विकासका कामहरु अघि बढाइरहेको उल्लेख गर्नुभयो । उहाँले मित्रताका लागि गच्छ नचाहिने भन्दै आफ्नो सामथ्र्यअनुसार पारस्परिक सम्बन्ध अघि बढाइरहेको बताउनु भयो ।

नेपाल र चीन बीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने बताउनु भयो ।  प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल आफ्नो गच्छअनुसार विकासका काममा अघि बढिरहेको छ । आफ्नो गच्छअनुसार गति अघि बढाइरहेको छ । मित्रताका लागि गच्छ चाहिँदैन । यसै गर्न सकिन्छ । गच्छअनुसार पारस्परिक सम्बन्धलाई पनि अघि बढाइरहेको छ । हाम्रो यो सम्बन्ध आगामी दिनमा अझ व्यापक हुँदै जानेछ ।’ प्रधानमन्त्री ओलीले नेपाल—चीनबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा कुनैपनि काम गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?