उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
४५ पटक हेरिएको
Shares
उपेन्द्रको कटाक्ष : ‘बा’ को राज रहुन्जेल सगोत्रीलाई जे गर्न पनि छुट छ

सारांश

  • जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको विषयमा सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् ।
  • प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ सम्बोधन गर्दै उनले बालुवाटार र च्यासलको शीरमा राज रहुन्जेल मन्त्री अधिकारीलाई जे गर्न पनि छुट भएको आरोप लगाएका छन् ।
  • सामाजिक सञ्जालमा सचिवालयमार्फत आफ्नो धारणा व्यक्त गर्दै यादवले भनेका छन्, ‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन ।

१ साउन, काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको विषयमा सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बा’ सम्बोधन गर्दै उनले बालुवाटार र च्यासलको शीरमा राज रहुन्जेल मन्त्री अधिकारीलाई जे गर्न पनि छुट भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा सचिवालयमार्फत आफ्नो धारणा व्यक्त गर्दै यादवले भनेका छन्, ‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शीरमा ‘बा’ को राज रहुन्जेल उनका सगोत्री पार्टनरहरूलाई जे गर्न पनि छुट छ ।’ उस्तै प्रकृतिको भ्रष्टाचार आरोपमा राजकुमार गुप्तालाई पदबाट राजीनामा दिन बाध्य पारिएको भन्दै मधेशी मूलको भएका कारणले त्यस्तो गरिएको उनको भनाइ छ ।‘सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए, र उनलाई राजीनामा दिन बाध्य पारियो,’ यादवले भनेका छन्, ‘बिचौलिया, कमिशनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरेनी ‘बा’ को शिरमा विराजमान भइरहन्थे ।’

भूमिमन्त्री अधिकारीको अडिओ लगायतका प्रमाणहरू छ्यापछ्याप्ती भएपछि ‘बा’ र अधिकारीका सगोत्री समुदाय मौन रहेको उनले बताएका छन् । ‘भूमि मन्त्री अधिकारी, गुप्ताजीकै केस र अडियो काण्डमा मुछिएका हुन् । अडियो लगायतका प्रमाणहरू मिडियामा छ्यापछ्याप्ती छन् । तर, ‘बा’ र अधिकारीको सगोत्री समुदाय मौन छ,’ यादवले अघि भनेका छन्, ‘बलराम अधिकारीको ठाउँमा कुनै मधेशी, थारु, दलित वा जनजाति समुदायको व्यक्ति मन्त्री भएको भए यो केसमा ‘बा’ ले राजीनामाको फरमान जारी गर्न एकपल पनि खेर फाल्ने थिएनन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली र देउवाबीच एक घण्टा छलफल : के भयो कुराकानी ?
प्रधानमन्त्री ओली र देउवाबीच एक घण्टा छलफल : के भयो कुराकानी ?
बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक
बजारबाट आज फेरि ३० अर्ब झिक्दै राष्ट्र बैंक
पूर्वाधार कार्यालयमा पत्रकार साहमाथि हातपात, प्रेस स्वतन्त्रतामाथि आक्रमण
पूर्वाधार कार्यालयमा पत्रकार साहमाथि हातपात, प्रेस स्वतन्त्रतामाथि आक्रमण
शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ
शंखरापुरको रिसोर्टमा जुवा खेल्दै गरेका ११ जना पक्राउ
कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर
कति पुग्यो डलरको भाउ ? यस्तो छ विदेशी मुद्राको विनिमयदर
संविधान विरोधी गतिविधि स्वीकार्य हुदैन : गृहमन्त्री लेखक
संविधान विरोधी गतिविधि स्वीकार्य हुदैन : गृहमन्त्री लेखक
बाजुराको सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी
बाजुराको सदरमुकाम मार्तडी बजारमा भीषण आगलागी
अध्यादेशले खारेज गरेका ८५ वटा ऐनका प्रावधान जगाउने विधेयक संसद्‌मा प्रस्तुत
अध्यादेशले खारेज गरेका ८५ वटा ऐनका प्रावधान जगाउने विधेयक संसद्‌मा प्रस्तुत
सात महिनामा एक हजार २९० महिला हिंसाको उजुरी
सात महिनामा एक हजार २९० महिला हिंसाको उजुरी
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा