जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा
३२ असार, काठमाडाैं ।
नेकपा एमाले सांसद छविलाल विश्वकर्माले जनताको अवस्था बदल्नका लागि सबै लाग्नुपर्ने बताउनुभएको छ । बुधवार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबैले लडेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याएको भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताउनु भयो । जनताको अवस्था बदल्नका लागि आफूहरु निरन्तर लागिरहेको बताउनु भयो ।
जनताको अवस्था परिवर्तन गर्ने अभियान नटुंगिएको जिकिर गर्नुभयो । अर्थात आधारभुत तहका विभिन्न वर्ग समुदायका जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकता भएको बताउनु भयो । व्यवस्था बदलियो भनेर हामीले चित्त बुझाएर सन्तोष मानेर आफूहरु नबसेको भन्दै अब अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थिति, जनताको समताको सद्भाव मानव मर्यादाको परिस्थिति निर्माण गर्नु मुख्य उद्देश्य भएको बताउनु भयो । सांसद विश्वकर्माले भन्नुभयो, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था ल्याएका छौँ । व्यवस्था आएको छ, व्यवस्था परिवर्तन भएको छ तर अब हामीले जनताको अवस्था बदल्नका लागि परिवर्तनका निम्ति निरन्तर अभियानमा नै छौँ ।
यो टुंगिएको विषय छैन । यो अभियानसँग अविच्छन्न रुपमा जोडिएको अर्थ व्यवस्था हो । अर्थात आधारभुत तहका विभिन्न वर्ग समुदायका जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु हो । समाजलाई रुपान्तरित गर्नु हो । राजनीतकि रुपान्तरणको अभियानलाई यससँग जोडेर अघि बढाउनु हो । तसर्थ हामी यो अभियानमा नै छौँ । व्यवस्था बदलियो भनेर हामीले चित्त बुझाएर सन्तोष मानेर बसेका छैनौँ । बस्नु हुँदैन । व्यवस्थापछि अब अवस्था, सामाजिक स्थिति, सांस्कृतिक स्थिति, जनताको समताको सद्भाव मानव मर्यादाको परिस्थिति निर्माण गर्नु मुख्य उद्देश्य हो ।’ सांसद विश्वकर्माले समाज र राष्ट्रलाई समतामुलक र समृद्धशाली बनाउन सबै एकतावद्ध भएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
Post Comment