सर्लाहीमा जेसिबीले खनेको खाल्डोमा डुबेर ६ वर्षीय बालकको मृ*त्यु
३२ असार सर्लाही।
सर्लाहीको हरिपुर नगरपालिका–१ जानकीनगर टोलमा निर्माणस्थलमा लापरवाहीका कारण एक बालकले ज्यान गुमाएका छन्। दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादव मंगलबार बिहान घरबाट बेपत्ता भएपछि खोजी गर्दा राति करिब ११:३५ बजे सडक निर्माणको क्रममा खनिएको खाल्डोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सडक निर्माण कार्यमा प्रयोग गरिएको जेसीबीले खनेको उक्त खाल्डोमा पानी जमेको थियो, जहाँ बालक डुबेका थिए। शव घरदेखि करिब ५०० मिटर टाढा दक्षिण–पूर्व दिशामा फेला परेको हो। घटना जानकारी लगत्तै इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी निरीक्षक उदय कुमार झाको नेतृत्वमा टोली घटनास्थलमा पुग्यो। शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ।
Related posts:
मोटर चलाएर धान खेतमा पानी लगाउन खोज्दा करेन्ट लागेर दुई किसानको मृ*त्यु
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्...
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment