देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा
राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताउनुभएको छ ।
राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा गरिबी झनै बढिरहेको, खाद्य संकट र बेरोजगारी पनि दिन प्रतिदिन बढिरहेको जिकिर गर्नुभयो । उहाँले पुँजीगत खर्च हुन नसकेको र आयात बढिरहेको बताउनु भयो । निर्यात दिनदिनै कम भइरहेको बताउनु भयो । ऋणको भार थेग्न गाह्रो हुने स्थितिमा देश अघि बढिरहेको बताउनु भयो । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गर्नसके पनि देश बन्न नसक्ने बताउनु भयो ।
सांसद शर्माले भन्नुभयो, ‘हामीले डाटा, तथ्य, तथ्यांकमा हे¥यौँ भने धनी र गरिबको खाडल झन् झन् गइरिरहेको छ । वा बढिरहेको छ । त्यो हामीले देखिरहेका छौँ । खाद्य संकट पनि बढिरहेको छ । बेरोजगारी पनि बढिरहेको छ । हामीले जतिसुकै चर्चा, परिचर्चा गरेपनि पुँजीगत खर्च हुन सकेको छैन । आयात बढिरहेको छ । निर्यात बढ्न सकेको छैन । ऋणको भारले देशलाई थेग्न गाह्रो हुने स्थितिमा अघि बढिरहेको छ । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गर्न सकिएला तर देश बन्नेकुरा एउटा समृद्धिको कुरा सम्भव हुँदैन ।’
सांसद शर्माले देश बनाउने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।
Post Comment