देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३१, २०८२
|
|
२५ पटक हेरिएको
Shares
देशलाई ऋणको भार थेग्न गाह्रो भइसक्योः सांसद शर्मा

सारांश

  • राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले देशमा गरिबी झनै बढिरहेको, खाद्य संकट र बेरोजगारी पनि दिन प्रतिदिन बढिरहेको जिकिर गर्नुभयो ।
  • उहाँले पुँजीगत खर्च हुन नसकेको र आयात बढिरहेको बताउनु भयो ।

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले देश झनै गरिबीको खाडलमा गइरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा गरिबी झनै बढिरहेको, खाद्य संकट र बेरोजगारी पनि दिन प्रतिदिन बढिरहेको जिकिर गर्नुभयो । उहाँले पुँजीगत खर्च हुन नसकेको र आयात बढिरहेको बताउनु भयो । निर्यात दिनदिनै कम भइरहेको बताउनु भयो । ऋणको भार थेग्न गाह्रो हुने स्थितिमा देश अघि बढिरहेको बताउनु भयो । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गर्नसके पनि देश बन्न नसक्ने बताउनु भयो ।

सांसद शर्माले भन्नुभयो, ‘हामीले डाटा, तथ्य, तथ्यांकमा हे¥यौँ भने धनी र गरिबको खाडल झन् झन् गइरिरहेको छ । वा बढिरहेको छ । त्यो हामीले देखिरहेका छौँ । खाद्य संकट पनि बढिरहेको छ । बेरोजगारी पनि बढिरहेको छ । हामीले जतिसुकै चर्चा, परिचर्चा गरेपनि पुँजीगत खर्च हुन सकेको छैन । आयात बढिरहेको छ । निर्यात बढ्न सकेको छैन । ऋणको भारले देशलाई थेग्न गाह्रो हुने स्थितिमा अघि बढिरहेको छ । कुनै महिना एक अर्ब राजश्व बढी उठ्दैमा त्यसलाई आत्मरतिको विषय बनाएर प्रचार गर्न सकिएला तर देश बन्नेकुरा एउटा समृद्धिको कुरा सम्भव हुँदैन ।’
सांसद शर्माले देश बनाउने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो
विराटनगर आगलागी अपडेट : मृत्यु हुनेको संख्या ३ पुग्यो
आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै
आज बालाचतुर्दशी पर्व, शतबीज छरी मनाइँदै
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु
गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृ*त्यु
मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो
मुगुमा कांग्रेसको अग्रता कायमै, रास्वपा चौथो
मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत
मन्त्रिपरिषद्‌बाट शासकीय सुधारका लागि सय वटा कार्य स्वीकृत
आर्थिक अभावमा बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल
आर्थिक अभावमा बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल
सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी
सहिद कप टुर्नामेन्ट: आज ब्रहम्पुरी गाँउपालिका विजयी
धरानबाट दुई हजार १३० केजी गाँजासहित ट्रक बरामद
धरानबाट दुई हजार १३० केजी गाँजासहित ट्रक बरामद
कर्णालीमा नयाँ उम्मेदवारका पुरानै चुनावी नारा
कर्णालीमा नयाँ उम्मेदवारका पुरानै चुनावी नारा