Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य होस्ः जनार्दन शर्मा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३१, २०८२
|
|
४१ पटक हेरिएको
Shares
खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य होस्ः जनार्दन शर्मा

सारांश

  • मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
  • उहाँले उर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै नभइ नेपालीहरुको सपना पूरा नहुने समेत बताउनु भयो ।
  • खोलाको लाइसेन्स लगानी गर्नसक्नेलाई दिएको हो वा नसक्नेलाई भन्नेबारेको हिसाव किताव पनि आफूले खोज्ने बताउनु भयो ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै नभइ नेपालीहरुको सपना पूरा नहुने समेत बताउनु भयो । खोलाको लाइसेन्स लगानी गर्नसक्नेलाई दिएको हो वा नसक्नेलाई भन्नेबारेको हिसाव किताव पनि आफूले खोज्ने बताउनु भयो । एउटा व्यक्तिलाई योजनाहरुको लाइसेन्स थुपारिदिँदा अन्य उर्जा उत्पादन गर्न खोज्नेहरुले योजना नपाइरहेको बताउनु भयो । आज दर्जनौँ परियोजनाहरु एउटा विशेष कम्पनीको नाममा, व्यक्तिका नाममा दर्ता गराइएको र उनीहरुले लगानी नगरिरहेको परिस्थिति रहेको बताउनु भयो । यो अवस्थाको अन्त्य गर्न छुट्टै नीति ल्याउनुपर्ने बताउनु भयो ।


उपमहासचिव शर्माले भन्नुभयो, ‘उर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै होइन, हाम्रो सपना पूरा हुँदैन । हामी धेरै पछि परिसकेका छौँ । तपाईंहरुले दिने लाइसेन्सहरु त्यसको हिसाव किताव अब म खोज्नेवाला छु । कुन व्यक्तिलाई दिनुभएको छ । लगानी गर्नसक्नेलाई दिनुभएको छ की विक्री गर्नेलाई दिनुभएको छ ? भनेर हिसावकिताव दिनुभएको छ । डेभलपरहरुले योजना पाइरहेको छैन, आज खोलाहरु सबै दर्ता भइसकेका छन् । किन दर्ता भए ? उसले लगानी गरिरहेको छ की छैन, उसले लगानी गर्नसक्ने क्षमता छ की छैन भनेर हेर्नुपर्ने छ । खोला बेच्ने कुरा मान्य हुँदैन । म उर्जामन्त्री हुँदा खोला बेच्ने कुराको अन्त्य गर्ने भनेर घोषणा गरेको थिएँ । त्यतिबेला रोकेको पनि थिएँ, कतिपय कुरा फिर्ता ल्याएको पनि हो । आज दर्जनौँ परियोजनाहरु एउटा विशेष कम्पनीको नाममा, व्यक्तिका नाममा छन् । आज उत्पादन गर्छौं भन्नेहरुले योजना पाइरहेका छैनन् । यो अवस्थाको अन्त्य गरियोस् । लाइसेन्स खोला झोलामा हाल्ने तरिका एउटा कम्पनीलाई एउटा डेभलप गरिरहेको छ भने अर्को एउटा बाहेक अरु दिनु हुँदैन । त्यो खारेज गर्नुस्, यो नीति ल्याउनुस् । उर्जा क्षेत्रको विकास हुन्छ ।आज कब्जा गरेर राखिएका छन् । त्यसो गर्न पाइँदैन ।’

उपमहासचिव शर्माले विद्युत खरिद गरेर देश समृद्ध बन्ने नभइ विद्युतको खपतबाट मात्रै देश समृद्ध बन्ने बताउनु भयो । जलाशययुक्त आयोजना सरकारले बनाउनुपर्ने बताउनु भयो । समय बितिसकेपछिको उर्जा उत्पादनको अर्थ नरहने पनि बताउनु भयो । कानूनमा कडाइ गरेर र लगानी कर्तालाई सताएर देशको विकास हुन नसक्ने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा चट्याङ लागेर आज एक जनाको मृ*त्यु
कैलालीमा चट्याङ लागेर आज एक जनाको मृ*त्यु
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा
सिआइडी भन्दै राजावादी प्रदर्शनकारीले कुटपिट गरेर भाँचिदिए पत्रकारको खुट्टा
जनकपुरमा धुमधामका साथ मनाइयो सीता महोत्सव
जनकपुरमा धुमधामका साथ मनाइयो सीता महोत्सव
पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री वाग्ले भारत प्रस्थान
पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री वाग्ले भारत प्रस्थान
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट
यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट
यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट
टुँडिखेलमा सेना दिवस (तस्वीरहरु)
टुँडिखेलमा सेना दिवस (तस्वीरहरु)
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन
राष्ट्रिय शक्तिहरूका बीचमा संवाद र राष्ट्रिय सहमति आवश्यक : राजेन्द्र लिङ्देन