११ श्रावण २०८२, शनिबार

स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

३० असार, काठमाडौं ।

गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।

‘प्रधानमन्त्रीज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को-को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु,’ मन्त्री लेखकको सचिवालयका अनुसार उनले भनेका छन्, ‘जानका लागि भिजिट भिषाको प्रबन्ध कस्ले गर्‍यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’

उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । “यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ’ उनले भनेका छन् । प्रधानमन्त्री ओली गत १४ असारमा स्पेन भ्रमणमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?