छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने शिक्षक प्रहरीको हिरासतमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २९, २०८२
|
|
३४ पटक हेरिएको
Shares
छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने शिक्षक प्रहरीको हिरासतमा

सारांश

  • श्रीपुर माध्यमिक विद्यालय, गरुडा–९ मा कार्यरत एक शिक्षकलाई आफ्नै विद्यालयकी छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
  • सामाजिक विषय अध्यापन गर्ने ४९ वर्षीय शिक्षक रवीन्द्र प्रसाद साहले कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रालाई मोबाइल सन्देशमार्फत ‘ह्याप्पी बर्थडे मेरी जान’ जस्ता अभद्र शब्द पठाएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
  • पक्राउलगत्तै विद्यालयमा तनावको स्थिति सिर्जना भएको थियो।

२९ असार, रौतहट।

श्रीपुर माध्यमिक विद्यालय, गरुडा–९ मा कार्यरत एक शिक्षकलाई आफ्नै विद्यालयकी छात्रामाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। सामाजिक विषय अध्यापन गर्ने ४९ वर्षीय शिक्षक रवीन्द्र प्रसाद साहले कक्षा १० मा अध्ययनरत १६ वर्षीया छात्रालाई मोबाइल सन्देशमार्फत ‘ह्याप्पी बर्थडे मेरी जान’ जस्ता अभद्र शब्द पठाएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउलगत्तै विद्यालयमा तनावको स्थिति सिर्जना भएको थियो। विद्यार्थीहरू आक्रोशित भई विद्यालय परिसरमै विरोध प्रदर्शनमा उत्रिएपछि अवस्था नियन्त्रणबाहिर जान थालेको थियो। साहलाई प्रहरीले नियन्त्रणमा लिई लैजाने क्रममा विद्यार्थीहरूले ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। घटनामा चारजना प्रहरी सामान्य घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले प्रारम्भिक अनुसन्धानका आधारमा साहलाई पक्राउ गरिएको जानकारी दिए। विद्यालयका प्रधानाध्यापक रामआधार पासवानका अनुसार साहले कक्षा ७ मा अंग्रेजी र कक्षा ९ मा सामाजिक विषय पढाउँदै आएका थिए। घटनापछि विद्यालयमा अध्यापन कार्य प्रभावित भएको छ भने स्थानीय अभिभावक तथा नागरिकहरूले दोषीलाई कडा कारबाहीको माग गरेका छन्। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा 
पूर्वराजा ज्ञानेन्द्र शाहले लगाइदिए सर्वसाधारणलाई टीका र जमरा 
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
माओवादी स्थायी समिति : सुरु भयो दोस्रो दिनको बैठक
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
राष्ट्रिय सडक सञ्जालमा जोडिएको १४ वर्ष वितेपनि मुगुमा सडक कालोपत्रे हुन सकेन
खैरो हेरोइनसहित २ जना पक्राउ
खैरो हेरोइनसहित २ जना पक्राउ
विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिँदैन : केपी ओली
विद्या भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न सकिँदैन : केपी ओली
एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने
एमाले सचिवालय बैठक आज पनि बस्दै, अध्यक्ष ओलीले जवाफ दिने
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे उत्तराखण्डका ३ मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने
जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने
फिफा विश्वकप : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित
फिफा विश्वकप : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित