सशस्त्र प्रहरीद्वारा राप्ती नदीमा फसेका तीन जनाको उद्धार

२६ असार, बाँके ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–५ गोरधुई स्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । गाईबस्तु चराउन गएका उनीहरू राप्ती नदीमा बुधबार एक्कासि आएको बाढीको कारण बिच टापुमा फसेका थिए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूको सकुशल उद्धार गरेको हो । उद्धार गरिएकाहरूमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन् । उनीहरूको अवस्था भने सामान्य रहेको सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment