Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मध्यपहाडी राजमार्गको जाजरकोट खण्डमा छिटो काम सक्न संसदीय समितिको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ १८, २०८२
|
|
४९ पटक हेरिएको
Shares
मध्यपहाडी राजमार्गको जाजरकोट खण्डमा छिटो काम सक्न संसदीय समितिको निर्देशन

सारांश

  • प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
  • सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त सडक खण्डको भौतिक प्रगति नगन्य मात्रामा रहेको र हालसम्म पनि र्ट्याक खोल्ने कार्य सम्पन्न हुन नसकेको पाइएको भन्दै सबै संयन्त्र विकल्पको प्रयोग गरेर छिटो उक्त सडक निर्माण कार्य सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।
  • त्यस्तै समितिले मध्यपहाडी राजमार्गमा अन्य विभिन्न खण्डमा पर्ने कामलाई तीव्रता दिने र बाटोको गुणस्तर सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिन समेत मन्त्रालयलाई निर्देश गरेको छ ।

१८ असार, काठमाडौं ।

प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले मध्यपहाडी राजमार्गको जाजरकोट खण्डको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त सडक खण्डको भौतिक प्रगति नगन्य मात्रामा रहेको र हालसम्म पनि र्ट्याक खोल्ने कार्य सम्पन्न हुन नसकेको पाइएको भन्दै सबै संयन्त्र विकल्पको प्रयोग गरेर छिटो उक्त सडक निर्माण कार्य सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै समितिले मध्यपहाडी राजमार्गमा अन्य विभिन्न खण्डमा पर्ने कामलाई तीव्रता दिने र बाटोको गुणस्तर सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिन समेत मन्त्रालयलाई निर्देश गरेको छ । बैठकले भेरी नदीमाथि पुल निर्माणका लागि २०७७ सालमा टेण्डर भएको भएता पनि हालसम्म निर्माण सम्पन्न नभएका कारण जनतालाई असुविधान भएकाले टेन्डर प्रक्रियामा उपयुक्त विकल्प खोज्दै आगामी आर्थिक बर्षभित्र उक्त पुल निर्माण सम्पन्न गर्न समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समिति सचिव उदयकुमार भण्डारीले जानकारी दिए । बैठकमा समिति सदस्यहरुले दाउन्ने सडक विस्तार गरिरहँदा पहिरो, बाढी र जामका कारण यात्रुलाई सास्ती भएको भन्दै विस्तारकार्य यथाशीघ्र सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हितेन्द्रको पहिलो बोर्डको निर्णय : पीपीए खोल्ने, औद्योगिक लोडसेडिङ हटाउने
हितेन्द्रको पहिलो बोर्डको निर्णय : पीपीए खोल्ने, औद्योगिक लोडसेडिङ हटाउने
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
प्रधानमन्त्रीलाई प्रचण्डको चुनौती : २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्नुस्
नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन बन्दै रहने
नारायणगढ-मुग्लिन सडक खण्डमा सवारी आवागमन बन्दै रहने
विश्नोईको नाममा धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्ति झापाका हरिचन्द्र
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मङ्सिर १२ भित्र वक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह
मङ्सिर १२ भित्र वक्यौता रकम बुझाउन प्राधिकरणको आग्रह
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
रोल्पाबाट प्रचण्ड र वर्षमान उम्मेदवार सिफारिस, समानुपातिकतर्फ महरा
चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन